gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीको रिडी रुद्रबेणी वामिटक्सर सडक कालोपत्रे गर्न प¥यो बजेट

अनिल खत्री
२६ फागुन, गुल्मी । गुल्मीको रिडी रुद्रबेणी वामिटक्सर सडक खण्ड कालोपत्रे गरिने भएको छ । सडक कालोपत्रे गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु १४ करोड बिनियोजन भएको हो ।

जिल्लाको अति व्यस्त र पुरानो सडक भएपनि अझैसम्म त्यसको कालोपत्रे हुन सकेको छैन् । तर पछिल्लो बिनियोजित बजेटले सडक कालोपत्रे गर्ने पक्रिया अगाडी बढने भएको छ ।

गुल्मी जिल्ला सदरमुकाम तम्घास भित्रिने सडक भन्दा यो सडकमा धेरै सवारी साधानहरु चल्ने गर्दछन् । बुटवल पाल्पाबाट गुल्मी हुँदै बाग्लुङसम्म सवारी साधनहरु जाने भएकाले पनि यो सडक निकै व्यस्त सडक हो ।

सडक कालोपत्रे गर्न बजेटको व्यवस्था भएको र छिट्टै टेण्डर आह्वान हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए । यो सडक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पर्दछ ।

पछिल्लो समय यो सडक निकै जोखिम पुर्ण सडक मानिदै आएको छ । समयमै सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भए गुल्मी र बाग्लुङका ठूलो हिस्साको जनाता प्रत्यक्ष लाभाम्भित हुनेछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D