गुल्मीको रिडीमा एक युवकको बेवारिसे शव फेला

अनिल खत्री
५ असार, गुल्मी । गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे शव फेला गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थान रिडी खोला किनारमा अन्दाजी १५/१६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

शुक्रवार साँझ फेला परेको बेवारिसे शवलाई पहिचाहनको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले जनाएको छ । शवको टाउकोमा चोट लागेको, वायाँ हातमा माछा मार्ने जालको रसी मात्रै बेरिएको, नग्न अबस्थाका शव फेला परेको प्रहरी निरिक्षक पुनले बताए ।

शवको प्रकृति हेदा कुमाल जातीको जस्तो मुहार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शव पहिचाहनको लागि मातहतका प्रहरी चौकीमा खबर गरिएको प्रहरी निरिक्षक पुनले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D