gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको मुसिकोटमा ८४ करोड ४ लाख बजेट विनियोजन, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

कमल पौडेल
१० असार, वामीटक्सार । मुसिकोट नगरपालिका गुल्मीको आर्थिक वर्ष २०७८÷७९ को लागि नगरसभावाट कुल ८४ करोड ४ लाख ९९ हजार ४ सय ७६ रुपैयाको वजेट सर्वसम्मत पारित भएको छ। नगरपालिकाको नवौं नगरसभाको बैठकमा कार्यपालिका सदस्य सरस्वती घिमिरेले प्रस्तुत गर्नुभएको बजेटमा आम्दानी तर्फ राजश्व अन्तरगत आन्तरिक राजश्व अनुमान १ करोड ९३ लाख ५० हजार, संघिय राजश्व वाँडफाडबाट ८ करोड ६४ लाख ६३ हजार, प्रदेश राजश्व वाँडफाडबाट १ करोड ५३ लाख ९५ हजार ४ सय गरि १२ करोड ९२ लाख ८ हजार ४ सय, संघिय सरकारवाट वित्तिय समानिकरण अनुदानमा १२ करोड, संघिय शसर्त ३१ करोड ४५ लाख, समपुरक अनुदान ७५ लाख, विशेष अनुदान २ करोड ९८ लाख गरि संघिय सरकारवाट ४७ करोड १८ लाख, प्रदेशवाट वित्तिय समानिकरण अनुदान ५६ लाख ४७ हजार, ससर्त अनुदान १ करोड १५ लाख ४४ हजार, विशेष अनुदान ७० लाख गरि प्रदेश सरकारवाट ४ करोड ४१ लाख ९१ हजार, विभिन्न सरकारी तथा गैरसरकारी निकायवाट लागत साझेदारीमा प्राप्त हुने अनुदान २० करोड ३३ लाख आम्दानी हुने अनुमान गरेको छ।

त्यस्तै खर्च तर्फ चालु खर्चमा ६ करोड १६ लाख १८ हजार ३ सय, नगरको पुँजिगत खर्चमा ८ करोड ११ लाख ३७ हजार, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु संगको साझेदारीमा १२ करोड १९ लाख, संघ तथा प्रदेश शशर्त कार्यक्रम तर्फ ३२ करोड ६० लाख ४४ हजार, संघ तथा प्रदेशको विशेष अनुदानमा ३ करोड ६८ लाख, संघ तथा प्रदेश समपुरक तर्फ ५ करोड ५० लाख सामाजिक सुरक्षा तर्फ १२ करोड, वडागत योजनामा पुँजिगत तर्फ ३ करोड ६२ लाख र वडा सञ्चालन खर्च चालु तर्फ १८ लाख गरि ८४ करोड ४ लाख ९९ हजार ४ सय खर्च हुने गरि बजेट पास भएको छ।

मुसिकोट नगरपालिकाले कृषिमा आधुनिकिकरण गर्दै उत्पादन वृद्धि गर्न वजेट व्यवस्था गरेको छ। जसको लागि मागमा आधारीत कृषि तथा पशुपालन कार्यक्रमलाई प्राथमिकता दिने नितिमा उल्लेख छ। जसको लागि उत्तम कृषि, मध्यम व्यापार, निम्न नोकरी को नारा अगाडि सारेको छ। कोशेली घर कार्यक्रम सञ्चालन गर्ने, कफि लगाऔं आम्दानी बढाऔं लगाएतका कार्यक्रमको लागी २४ लाख ५० हजार विनियोजन भएको छ। त्यस्तै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिने, कृषि, पर्यटन, पूर्वाधार र रोजगार समृद्ध मुसिकोट नगरपालिकाको आधार भन्ने नारालाई सार्थक तुल्याउने लगाएतका कार्यक्रमलाई पनी बजेट सम्बोधन गरेको छ। जसको लागि २ करोड २५ लाख वजेट विनियोजन भएको छ। सहकारीको क्षमता वृद्धि गर्ने गरि बजेटको व्यवस्था गरिएको छ। विद्यालयमा विद्यार्थी ल्याउन, टिकाउन र सिकाउन आवश्यक कार्यक्रम सञ्चालन गर्न ससर्त वाहेक १ करोड ६३ लाख ५८ हजार बजेट विनियोजन भएको छ। समग्र स्वास्थ्य सेवा तर्फ समानीकरण अनुदानवाट १ करोड ५५ लाख १८ हजार बजेट विनियोजन भएको छ। एक घर एक धारा सम्पन्न गर्ने गरि वजेट व्यवस्थापन गरेको छ।

नगरपालिकाको प्रशासनिक भवनको लागि संघ र प्रदेश सरकारसंग साझेदारी गर्न २ करोड, र विभिन्न आयोजनको साझेदारीको लागि १ करोड बजेट व्यवस्था गरेको छ। आगामी वर्षको वजेटले चालु वर्षको १ करोड ५० लाख दायित्व वहन समेत गर्ने भएको छ। आगामी आर्थिक वर्षमा पूर्ण खरका छाना मुक्त नगरपालिका घोषणा गर्ने बजेटमा उल्लेख गरिएको छ। बजेटमा स्थानिय निकायवाट स्थायी भई कामगर्ने कर्मचारीको सेवा सुविधाको लागि ५ लाखको कर्मचारी कल्याण कोषको पनि व्यवस्था गरिएको छ। नगर प्रमुख सोमनाथ सापकोटाले प्रस्तुत गरेको मुसिकोट नगरपालिकाको निति तथा कार्यक्रम यस अघि असार ७ गते नै पारित भएको थियो। उपमेयर कमला शर्मा अस्वस्थताको कारण उपस्थित हुन नसकेपछि कार्यपालिका सदस्य सरस्वती घिमिरेले बजेट प्रस्तुत गर्नुभएको हो। सभा मेयर सोमनाथ सापकोटाको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको सहजिकरणमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D