gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको मदानेमा म्याद नाघेका र दर्ता नभएका खाद्य पदार्थ नष्ट

हुमाकान्त पोखरेल
गुल्मी, ०७ जेठ । जिल्लाको मदाने गाउँपालिकाले म्याद नाघेका, दर्ता नभएका र अनुमति बिना बिक्री वितरणको लागि राखिएका खाद्य सामग्री नष्ट गरेको छ । गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी चौकी पुर्कोट दहले अनुगमनको क्रममा फेला पारेका सामग्रीहरु बरामत गरी नष्ट गरिएको हो ।

शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाई, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्षमण घिमिरे, इलाका प्रहरी चौकी पुर्कोट दहका प्रहरी नायब निरिक्षक केशवराज रेग्मी, पत्रकार महासंघ, गुल्मीका कार्यसमिति सदस्य हुमाकान्त पोखरेल लगायत स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सम्बन्धित व्यापारी लगायतको रोहवरमा सामग्री नष्ट गरिएको हो । उपभोक्ताले व्यापारीले म्याद नाघेका सामग्री बिक्री गरेको तथा दर्ता नगरी व्यवसाय संचालन गरेको गुनासो गरेपछि गाउँपालिकाले प्रहरीको सहयोगमा बुधबार र बिहिबार बजार अनुगमन गरेको थियो ।

गाउँपालिकाको वडा नम्बर १, ४ र ६ मा गरिएको अनुगमनबाट भुजा लगायतका खाद्य पदार्थ, चुरोट तथा सुर्ति जनय पदार्थ, मदिरा र मदिराजन्य वस्तुहरु बरामत गरिएको थियो । कुल एक लाख २० हजार बराबरको सामग्री शुक्रबार नष्ट गरेको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाइले यसभन्दा अगाडी दुईपटकसम्म गरिएको अनुगमनमा सम्झाएको र तेस्रो पटकमा बरामत गरी नष्ट गरेको जानकारी दिए ।

लकडाउनको समयमा स्वास्थ्य मापदण्ड अपनाएर अनुगमन गरेको पनि उनले बताए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्षमण घिमिरेले गाउँमा व्यवहारिकता हेरेर छुट दिएपनि २० हजारसम्म जरिवाना काट्न सकिने बताए । ‘अटेरी हावी भएको छ ।’ उनले भने, ‘सबैलाई कानुनको दायरामा नल्याएसम्म उपभोक्ता ठगिनो क्रम जारी रहन्छ ।’ त्यसका साथै पाचँ लाखसम्मको कारोबार संचालन गर्ने व्यवसायीको फर्म गाउँपालिकामै दर्ता हुने र त्यो भन्दा माथि कारोबार गर्नेहरुले घरेलु कार्यालयमा दर्ता गरी कर कार्यालयबाट प्यान नम्बर लिनुपर्ने उनले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D