गुल्मीको मदरसामा खुस्दिन अली मियाँकाे नेतृत्वमा व्यवस्थापन समिति गठन

गुल्मी, २७ पुष । गुल्मीमा मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा नयाँ नेतृत्वसहित विद्यालय व्यवस्थापन गरिएको छ । जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नम्बर ७ तम्घासमा रहेको मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा खुस्दिन अली मियाँकाे नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।

जसको सदस्य सचिव साेही विद्यालयका प्रधानाध्यापक अनिस सुब्हानी रहेका छन् । समितिकाे सदस्यहरुमा असरफ अली, सायरा खातुन, अजिता खातुन, रबिना खातुन, ओम बहादुर कुँवर, सौरब थापा र वडाको तर्फबाट वडासदस्य जय बहादुर चुँदारा निर्वाचित भएका छन् ।

साेही मदरसामा खासगरी मुस्लिम समुदायका विद्यार्थीले अध्ययन गर्छन् । तर, उक्त मदरसामा मुस्लिम बाहेक अन्य समुदायका पनि केही विद्यार्थी रहेको नवनिर्वाचित सदस्य असरफ अलीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिकाे गठनपछि नवनिर्वाचित अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्यहरुलाई विद्यालयकाे तर्फबाट सम्मान गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ