gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको पुरानो किरण पुस्तकालयको नयाँ भवन उद्घाटन

टोपलाल अर्याल
गुल्मी, ११ असार । गुल्मीको किरण पुस्तकालयको नयाँ भवनको उद्घाटन गरिएको छ । शनिबार पुर्वमन्त्री तथा सांसद गोेकर्ण बिष्टले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेका हुन् । उनले प्रविधीमैत्री पुस्तकालय बनाउन आगामी दिनमा पनि थप रचनात्मक काम गर्ने बताए । ‘आधा शताब्दी बढिको इतिहास बोकेको पुस्ताकालय कुनै स्थानीय तह र जिल्लाको नभएर राष्ट्रको सम्पति हो ।

पुर्वाधार बाहेक पुस्तककालयका कैयौ व्यावस्थापकीय काम बाँकी छन,’उनले भने,‘स्थानीय तहहरुले मिलेर पनि काम गर्नुस ।’ उनले आफ्नो बाल्यकालको गुरु तथा किरण पुस्तकालयका संस्थापक शशी पन्थीको सपना पुरा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भवन निर्माणमा सहयोग गर्ने राष्ट्रि पुर्निमाण प्राधिकरणका पुर्व प्रमुख शुशिल ज्ञवाली, नरप्रसाद श्रेष्ट, निर्माण व्यावसायीसहितका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे ।

करिव तीन करोडको लागत

नेपाल सरकार राष्ट्रिय पुनरनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा करिब करिव ३ करोडमा चार तल्ले अत्याधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणको लागि सुनिल समिर बाँसुरी जेभीले दुई करोड ९१ लख ५२ हजार एक सय ७३ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । अहिले भवन बाहिरबाट अत्याधुनिक र आर्कषक देखिन्छ । तर, दिगो र स्थायी आर्थिक स्रोत नहुँदा पुस्तकालय व्यावस्थापन र उदेश्य अनुसारको काम अगाडी बढाउन निकै चुनौति रहेको किरण पुस्तकालयका संस्थापक शशी पन्थीले बताए ।

किरण पुस्तकालय निकै पुरानो पुस्तकालय हो । बिस २०२५ सालमा सामान्य स्थानीय एक व्यक्तिको घरमा श्रुर्ती, स्मृति पुराण र कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरु संकलन गरी पुस्तकालय संचालन गरिएको थियो । तत्कालिन समयमा स्थानीय स्तरमा आबश्यकता अनुसारका पुस्तकहरु थिएनन् । जसका कारण स्वयसेवकहरुलेनै केहि पुस्तक खरिद गरेर पुस्ताकालय सञ्चालन गरे । त्यो बेला बिद्यालय पनि कम र कहि कतै पुस्ताकालय नभएकाले स्थानीहरु मिलेर स्थापना गरेको पुस्ताकालयको महत्व यद्यपी कायम छ । तर, समय अनुसार पुस्तकालयको अत्याधुनिक भवन निर्माण भएको छ ।

करिव १० हजार बढि पुस्तक

संस्थापक पन्थीका अनुसार किरण पुस्तकालयमा अहिले पनि करिव १० हजार बढि पुस्तक छन् । भवन संरचनाको हिसावले पुस्तकालय अहिलेको भवनको एक छेउमा मात्रै साँघुरिएको छ । पहिले जस्तै पुस्तकालय गएर पुस्तक पढ्ने अवस्था छैन् । पुस्तकालयलाई अहिले उपलब्ध पुस्तक व्यावस्थापन गर्न पनि भवन भित्र आवश्यक संरचनाको समस्या छ । भने कार्यालय व्यावस्थापन गर्न जनशक्तिको समेत अभाव उस्तै छ । अहिलेको पुस्ता सुहाँउँदो प्रविधीको विकास गरेर पुस्तकालयलाई विकास गर्नुपर्ने आवश्यकता रहेको पन्थीले बताए ।

किरण पुस्तकालयले जिल्लाको शिक्षा र साहित्यिकको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ । पुस्ताकालयले स्थापना कालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गरिरहेको छ । भने पुस्तक प्रकाशन, कवि गोष्ठी, जयन्तीहरु मनाउने तथा पुस्तक र पत्रपत्रिका पढ्न पाउने सुविधा दिइरहेको छ । भौतिक संरचनाले मात्रै पुस्तकालयको उदेश्य पुरा हुँदैन् । त्यसैले किरण पुस्तकालय जस्ता महत्वपूर्ण जिल्लाका शैक्षिक धरोहरहरुको संरक्षण र व्यावस्थापनमा राज्यकै तर्फबाट चासो र पहल हुनुपर्ने सचिव चनक बहादुर कुवंरले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D