gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीको पहिलो रेडियो रेसुङ्गा १३ औँ वर्षमा

गुल्मी, ०७ फागुन । गुल्मी जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा प्रसारणको १३ औँ वर्षमा प्रवेश गरेको छ । २०६४ फागुन ७ गते गुल्मी जिल्लामा पहिलो रेडियो स्टेशनको रुपमा स्थापना भएको रेडियो रेसुङ्गाले आजदेखी प्रसारणको १२ औँ वर्ष पार गरी १३ औँ वर्षमा प्रवेश गरेको हो ।

Listen Radio Resunga Online

‘‘गाउँ देखि शहर सम्म पहाडदेखि तराई सम्म शान्ति र समान्ताको प्रतिक’’ नाराका साथ २०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवशर पारेर स्थापना भएको रेडियो लुम्बिनी, गण्डकी, धौवलागिरी लगायतका अञ्चलका लाखौँ स्रोताको मन जित्न सफल भएको छ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थीत नयाँ बजारमा स्टुडियो रहेको रेडियोले समुद्रि सतहबाट २ हजार मिटर उचाईमा रहेको अर्जुनडाडाँ स्थीत आफ्नै टावर बाट आफ्नो प्रशारण गर्दै आईरहेको छ। रेडियो रेसुङ्गा निजि क्षेत्रबाट कम्पनी ऐन अन्तर्गत सञ्चालन भईरहेको छ । गुल्मी जिल्लाका व्यवसायी, वुद्धिजिवि र संञ्चारकर्मीको संयुक्त पहलमा ५० जना महानुभावहरुको यस रेडियोमा लगानी रहेको छ। रेडियोले मुख्यतः आफ्नो गाउँठाउँ र समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्र्दै आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको दावी गर्दै आएको छ ।

रेडियोले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्ष्यित गरि तयार गर्ने गरेको छ र संञ्चार, विकास र चेतनाले पछाडि गरेका क्षेत्रका समुदायहरुलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आएको समेत बताईएको छ ।

बुधबार रेडियोले विविध कार्यक्रमका साथ १२ औँ वार्षिकोत्सवका साथै ७ औँ अधिवेशन समेत गर्न लागिएको रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। त्यस अवशरमा उत्कृष्ट कर्मचारी तथा संवाददाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभयो।

उहाँले रेडियोलाई आगामि दिनमा अझ प्रभावकारी ढङ्गले सञ्चालनका लागि केन्द्रित रहेर वार्षिकोत्सव कार्यक्रम गरिने जानकारी दिनुभएको छ। रेडियो आगामि दिनमा नागरिकको सुचनाको अधिकारको प्रत्याभुती गराउन शिक्षा संञ्चार र मनोरञ्जन प्रदान गर्ने खालका विभिन्न प्रस्तुतिहरुको साथमा अगाडि बढ्ने स्टेशन म्यानेजर अनिता खत्रिले बताउनुभएको छ। रेडियो रेसुङ्गा फ्रिक्वान्सी मडुलेसनको १०६.२ मेगाहर्ज सँगै देशका विभिन्न जिल्ला तथा इन्टरनट अनलाइनको www.LiveFMs.com तथा रेडियोकै वेवसाईट www.radioresunga.com.np र मोबाइल एप्लीकेशनद्धारा संसारभर एकसाथ सुन्न सकिन्छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D