gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको पल्लिकोटमा डोजर दुर्घटनामा चालकको मृत्युु

अनिल खत्री
२७ जेठ, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसिबिडोजर दुर्घटनामा चालकको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका वडानम्बर-२ पल्लिकोटको रातापानी भन्ने ठाउमा लु १ क ४७७१ नम्बरको जेसिबि डोजर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर जेसिबि डोजर चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडानम्बर – १ निवासी ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) माधवराज खरेलले बताए । जेसिबि डोजर गएराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छा तर्फ अाउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जेसिबि डोजर सडकबाट करिव ५ सय मिटर तल खसेको छ । जेसिबि बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थानमा इलाका प्रहरी चौकी रिडिका प्रहरी निरीक्षक यमलाल बन्जाडेको कमाण्डमा टोलि खटिएको थियो । घटना स्थलमा प्रहरी पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D