gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीको धार्मिक स्थल रेसुङ्गामा नेपाली सेनाको सामाजिक काम

अनिल खत्री
गुल्मी, मंसिर ६ । गुल्मीमा नेपाली सेना सामाजिक कार्यमा रुची देखाएको छ । देश र जनधनको रक्षार्थमा खटिने नेपाली सेनाले बेला बखतमा समाजिक कार्यपनि गर्दै आएका छन् । रेसुङ्गा संरक्षण समितिको अनुरोधमा जिल्लामा रहेको श्री वीरभद्रजंग गुल्मले धागिथुम ब्यारेकले जिल्लाको रेसुङ्गामा सामाजिक कार्यमा सरिक भएको छ ।

जिल्लाको गौरबको रुपमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्गामा सेनाले बिग्रिएको बिद्युतिय ट्रान्सफमर मर्मत पछी पुर्याएको थियो । लामो समय सम्म बिग्रएको बिद्युतिय ट्रान्सफमर पुनः मर्मतपछी सेनाले बोकेरै लगेर जडान स्थल सम्म पुर्याएको श्री वीरभद्रजंग गुल्मका गुल्मका गुल्मपति गोकर्ण देवकोटाले जानकारी दिए ।
nepal army in gulmi
सेनाका २५ जना जवानले करिब ६ सय केजीको बिद्युतिय ट्रान्सफमर रेसुङ्गा पोखरीमा पुर्याएको थियो । उक्त ट्रान्सफमर जडान पश्चात रेसुङ्गा, पराल्मी, डाडापोखरी लगायतका वासिन्दाहरु बिद्युति सुचारु भएसँगै खुसी व्याक्त गरेका थिए ।

जिल्लामा नेपाली सेनाले दैबिक बिपत्तीसँगै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुँदै आएको छ । सेनाले जिल्लाको सदरमुकाम तम्घास बजारको सरसफाईमा समेत सहभागिता जनाउँदै आएको छ । धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्गालाई सहयोग गर्न पाउँदा आफु निकै खुसी रहेका गुल्मीपति देवकोटाले बताए ।

धार्मिक स्थल रेसुङ्गामा केहि महिना अघि शसस्त्र प्रहरी वल गुल्मका गुल्म पति दिगबिजय सुबेदीले करिब ६० हजार बरावरको यात्रुहरुको लागी फलामको बेन्च सहयोग गरेका थिए । सुबेदीले आफु सरुवाभई जानेबेलामा उक्त धार्मिक क्षेत्रको सहयोगार्थ उक्त सहयोग गरेको बताएका थिए । रेसुङ्गा क्षेत्रमा पुग्ने पर्यटकहरुको बिचबाटोमा आराम गर्नको लागी उक्त सामाग्रीले मद्दत पुगेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D