गुल्मीको दलित टोल पूर्ण सरसफाई उन्मुख घोषणा

टोपलाल अर्याल
गुल्मी, ७ फागुन । इस्मा गाउँपालिकामा पूर्ण सरसफाई उन्मुख टोल घोषणा हुन थालेका छन् । जस अन्तरगत मंगलबार गाउँपालिकाको वडा नं ५ स्थित साविकको ७ नं टोललाई पहिलो पटक पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ ।

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले स्थानीयलाई प्रतिवद्धता गराउँदै प्रमाणपत्र प्रदान गरे । पूर्ण सरसफाईका ६ वटा सुचकहरु पुरा भएपछि हरेक घरधुरीमा हरियो रंगको स्टिकर टाँसिसकेपछि पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिने इस्मा गाउँपालिकाका वास संयोजक हरि प्रसाद घिमिरेले बताए ।

दिसाका उचित व्यावस्थापन शौचालयको नियमित प्रयोग र सरसफाई, जोखिमपूर्ण अवस्थामा सावुन पानीले हात धुने, व्यक्तिगत सरसफाई गर्ने, घरयासी सरसफाई गर्ने, पिउने पानीको सुरक्षित भण्डार एव शुद्धिकरण गरि प्रयोग गर्ने र घर वरपरको वातावरणको नियमित सरसफाई गर्ने अवस्था सृजना भएपछि पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिने घिमिरेले बताए ।

यो संगै इस्मा गाउँपालिका वडा नं १ र २ हस्तिचौरका विभिन्न टोलहरुमा हरियो रङ्गको स्टिकर टाँस्ने कार्य जारी रहेको उनले बताए । पूर्ण सरसफाई उन्मुख टोल घोषणा कार्यक्रमलाई संबोधन गर्दे प्रमुख अतिथी गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले ७५ प्रतिशत दलित समुदाय भएको स्थानमा पहिलो पटक पूर्ण सरसफाई उन्मुख टोल घोषणा गर्नु सुखद पक्ष भएको बताए । ‘समाजमा दलितलाई फोहर गर्ने समुदायको रुपमा घृणा गर्ने प्रवृति छ,’उनले भने,‘डाँडी पोखरीका दलित समुदायको यो नमुना कामले सवैलाई चुनौती थपेको छ ।’

टोल सरसफाई समिति अध्यक्ष सावित्रा आचार्यको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी बिष्ट, वडा नं ५ का वडाध्यक्ष कलानिधी भण्डारी, नेकपा नेता नारायण पैयानी, कार्यपालिका सदस्य मिना बिष्ट, वडा सदस्य जित बहादुर थापा, गाउँपालिकाका वास संयोजक हरि प्रसाद घिमिरे, सह–स्वास्थ्य संयोजक गोकर्ण थापा लगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ