gulminews logo
सोमबार, २०८१ बैशाख ३१

गुल्मीको गाउँमै बहुप्राविधिक शिक्षालय खुल्ने, बाली बिज्ञान देखी ईन्जिनियरिङ सम्म पढाई हुने

अनिल खत्री
१४ जेठ, गुल्मी । गुल्मी जिल्लामै प्राबिधिक विषय तर्फ उच्च शिक्षा पढन पाउने भएका छन् । प्राबिधिक बिषय तर्फ आंगिक शिक्षालयका रुपमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–८, मजुवामा तुराङ बहुप्राविधिक विद्यालय स्वीकृत भएको हो ।

डिप्लोमा इन कृषि (वाली विज्ञान), डिप्लोमा इन कृषि (पशु विज्ञान) र डिप्लोमा इन सिभिल इन्जिनीयरिंग पढाइ हुने गरी तुरांग बहुप्राविधिक विद्यालय स्वीकृत भएको जानकारी गराए । जिल्लाबाट प्राबिधिक विषयको उच्च शिक्षा पढन ठूला शहरमा जानुपर्ने बाध्यता रहेको थियो ।

गत २०७७ साल फागुन २८ गते बसेको सिटीईभिटीको बैठकले गुल्मीमा थप एक अंगिक शिक्षालय स्थापना गर्न सम्भाब्यता अध्ययन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप गत जेठ १० गते लुम्बिनी प्रदेश कार्यालयबाट सम्भाब्यता अध्ययन गरी शिक्षालय स्थापनाको लागि शिफारिस गरेको थियो । परिषदका अध्यक्ष समेत रहेका शिक्षा मन्त्रीको गत ११ गतेको निर्णय अनुसार शिक्षालय स्थापनार्थ स्वीकृती प्रदान गरिएको परिषदका उप-निर्देशक उमेश कुमार मिश्रद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

तुराङ बहुप्राविधिक विद्यालय स्वीकृत बारे फेसबुक मार्फत परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी गराउँदै शिक्षामन्त्री र सिटिइभिटीलाई धन्यवाद दिएका छन् । उनले यस विषयमा निरन्तर पहल गर्ने, घच्घच्याउने र जग्गा लगायत प्रबन्ध गर्ने स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी र जनसमुदायलाई समेत वधाइ र धन्यवाद दिएका छन् ।

जसले गर्दा प्राबिधिक विषय तर्फ अध्ययन गर्ने इच्छा भएकाहरु पनि कि अन्य स्थानमा जानुपर्ने या अन्य बिषय अध्ययन गर्नुपर्ने अबस्था रहेको थियो । सरकारी स्तरबाट प्राबिधिक शिक्षा अध्ययन गर्न पाउने खबरले जिल्ला वासीमा खुसी थपेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D