gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीको तम्घासमा सुरुवात भयो अंगुर खेती

अनिल खत्री
९ भदौ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पहिलो पटक अंगुर खेतीको परिक्षण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ खानिगाउँमा ३ वर्ष अगाडी परिक्षणका लागि लगाएको अंगुरमा फल लागेको हो ।

कृषि क्षेत्रमा नयाँ नयाँ व्यवसायको परिक्षण आकर्षण बढ्न थालेको छ । गुल्मी जिल्लाको सरदमुकाम तम्घासमा व्यावसायिक रुपमै अंगुर खेती गर्न परिक्षण सफल भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ निवासी प्रकाश भलामीले अंगुर खेतीको परिक्षण गर्नु भएको हो । ३ वर्ष पहिले भैरहवाबाट चिनी जातको अंगुरका बिरुवा ल्याए टनेलमा लगाइएको अंगुरमा अहिले फल्न थालेको छ ।

गुल्मी जिल्ला र सदरमुकाम तम्घासमा खेती गर्न सकिने उनले बताए । कृषक भलामीका अनुसार स्वाद पनि गुलियो र झुप्पामा अंगुर लटरम्म फलेको छ । अंगुरका बिरुवा टनेल भित्र र बाहिर फरक फरक ठाउँमा लगाएर परिक्षण गरेको उनको भनाई छ ।

खुल्ला ठाउँमा लगाइएका भन्दा टनेल भित्र राम्रो फलेको भलामीले बताए । भलामीले पहिलो पटक ५० किलो अंगुर उत्पादन गरेको बताए ।

केहि बिक्री गरेको र धेरै जसो हेर्न जानेहरुलाई खान दिएको उनले बताए । परिक्षणका लागि लगाएका अंगुर राम्रोसँग फलेपछि अब व्यवसायिक रुपमै नर्सरी गर्ने सोच रहेको भलामीले बताए ।

अंगुर खेती गुल्मी जिल्लाको लागि नौलो व्यवसाय पनि हो । गाउँघरमा केहि एक दुइवटा बोट लगाए पनि धेरै परिमाणमा भने अंगुर खेती गरेको पाइदैन् ।

बजारमा विदेशबाट ल्याएको र विषादी राखेको अंगुरको तुलनामा तम्घासमा उत्पादन भएको अंगुर फरक खालको स्वादिलो र स्वस्थकर हुने भलामीको भनाई छ । अंगुरका बिरुवा खोज्नेहरु समेत बढीरहेकाले बिरुवा बिक्री उत्पादन गरेर बेच्ने सोच बनाएको उनले बताए ।

हिउँदको समयमा बिरुवा तयार गरेर वर्षा याममा जेठदेखि असार महिनाभित्र अंगुरको बिरुवा रोप्न सकिन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D