अनिल खत्री
२२ असार, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा मुक्तिनाथ बिकास बैंकको शाखा बिस्तार भएको छ । जिल्लाको सदरमुकाम तम्घासको पुतलिबजारमा एक समारोहका बिच १ सय २० औं शाखाको रुपमा शाखा शुभारम्भ भएको हो ।
शाखाको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले शुभारम्भ गरेका हुन् । शाखाको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले बैंकले किसान र साना उद्योगीहरुलाई सर्बशुलभ व्याजदरमा ऋण प्रवाह गर्न आग्रह गरे ।
जिल्लामा बिभिन्न कृषि तथा साना व्यवसाय गर्ने कृषकहरुलाई सर्बशुलभ ढंगबाट ऋण दिएर कृषक साना उद्योगीहरुलाई राहत प्रदान गर्न आग्रह गरे । बैंकहरुले पैसा जम्मा गर्ने, नाफा कमाउने मात्रै ठूलो कुरा नभई सबै क्षेत्रलाई सहज सरल सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
कुनै समय राष्ट्रिय बाणिज्य बैंक मात्रै हुँदा सेवा लिन दिनभर कुर्नुपर्ने समयबाट बैंकहरु स्थापनासँगै सेवा लिन सहज बनाएको बताए । नयाँ बैकहरु स्थापनासँगै सेवाग्रहरीले छिटो छरितो ढंगबाट सेवा पाइरहेको नगरप्रमुख भुसालको भनाई छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।