जनार्दन घिमिरे
गुल्मी, मंसिर ०४ । गुल्मीको मालिका गाउँपालिका ५ छापहिले मतदान केन्द्रमा केही बेर रोकिएको मतदान पुन: सुरु भएको छ ।
गाउँपालिका ५ छापहिले मतदान केन्द्रमा क मा संघको प्रत्यक्ष तर्फको मतपत्र नदिएर प्रदेशको दुई वटा दिएका कारण केही बेर रोकिएको मतदान कार्य पुनः सुरु भएको हो । सहायक मतदान अधिकृत मोहलाल पौड्यालको कार्य हेरफेर र खसेको ५४ वटा मत फेरि खसाल्ने निर्णयका साथ पुनः मतदान सुरु भएको हो ।
५४ वटा खसेका मत पुनः खसाल्ने मतदान अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो । सहायक मतदान अधिकृतको जिम्मेवारी रवि थापाले पाउनुभएको छ ।