gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीको चन्द्रकोट गाउँपालिका सचिव बिहिन, गाउँपालिकामै पञ्जिकरण, प्रदेशमै कम कर्मचारी

टोपलाल अर्याल
गुल्मी, १० चैत्र । गुल्मीको चन्द्रकोट गाउँपालिका सचिब बिहिन भएको छ । आठ वडा रहेको गाउँपालिकामा अहिले कुनै वडामा सचिव छैनन् । भर्खरसम्म काम गर्दै आएका वडा सचिव बिनोद भट्राई पनि समायोजन भएर बिदा हुँदैछन् । एक दुई दिनमा उनले गाउँपालिका छोड्छन् । आठ वटै वडा वडा सहायकको भरमा छन् । गाउँपालिकाले प्रशासन र योजनाका दुई खरिदार मार्फत पञ्जिकरणको काम गर्ने योजना बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले बताए । उनले सचिव बिहिन हुँदा नागरिकलाई सहज सेवा दिने अवस्था नरहे पनि पञ्जिकरण भने नरोकिने जानकारी दिए । उनले अरु कुनै व्यावस्था गर्न नसकिए गाउँपालिकामै बोलाएर पनि सेवा दिने योजना रहेको बताए ।

प्रदेशमै सवैभन्दा कम कर्मचारी

चन्द्रकोट गाउँपालिकामा वडा सचिवको मात्रै समस्या छैन । गाउँपालिकाको कार्यालय संचालनमै समस्या देखिएको छ । ३४ जनाको दरबन्दी भएको गाउँपालिकामा एक तिहाई कर्मचारी छैनन् । खरिदारले प्रशासन धानेका छन् । एक जना प्रमुख प्रशासकीय अधिकृत, एक जना इन्जिनियर, लेखापाल, सहलेखापाल, बिनि, स्वास्थ्यका दुई जना प्राविधिक, कृषि र पशुमा एक÷एक जना प्राविधिक र एक जना खानेपानीका

प्राविधिक मात्रै रहेका छन् । उनीहरुको पनि समायोजन भएकाले कुनै टुङ्गौ छैन् । प्रत्येक फाँटमा हुने नासु एक जना पनि छैनन । ‘प्रदेश ५ मै कम कर्मचारी चन्द्रकोटमा छन्, जनतालाई सहज सेवा पु¥याउन मुस्किल परेको छ,’उनले भने,‘ केन्द्र सरकार यो बिषयमा गम्भिर बनेन् ।’ अब पहिले गाउँबाट सदरमुकाम सेवा लिन गए जस्तैै नागरिक गाउँपालिकामा दुख पाउने अवस्था आएको खत्रीले बताए । शुक्रबार गाउँपालिका पुगेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गाउँपालिकामा कर्मचारीहरुको संख्या देखेर दुख लागेको बताए । उनले पहिलेबाटै कर्मचारी व्यावस्थापन गर्न खोजिए पनि नसकिएको बताए ।

समायोजनबाट समेत जिल्लै

समायोजनपछि कर्मचारी आउने आश चन्द्रकोट गाउँपालिकालाई थियो । बिडम्बना एक जनाले पनि समायोजनमा चन्द्रकोट गाउँपालिका रोजेनन् । त्यसैले नियमित सेवा प्रवाहसंगै बजेटको कार्यान्वयन आफुहरुको लागि चुनौतिको बिषय भएको गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले बताए । ‘जनप्रतिनिधीले नीति र कार्यक्रम बनाउँछौ, कार्यान्वयन कर्मचारीले गर्ने हो,’ खत्रीले भने,‘कर्मचारी नभएपछि राम्रो गर्न खोजे पनि नसकिने रहेछ ।’ कर्मचारीको अभावमा बजेट खर्च गर्न, कानुन ड्राफ्ट गर्न र कार्यान्वयनमा लैजान निकै मुस्किल परेको उनले बताए । खत्रीले चन्द्रकोटमा लोक सेवा प्रतिको आकर्षण पनि नभएकाले गाउँ सम्झेर आउने कर्मचारी नभएको बताए ।

राजस्व संकलनमा समस्या

कर्मचारी अभाव भएपछि सवैभन्दा समस्या राजश्व संकलनमा देखिएको छ । गाउँपालिकाले नीति बनाएर कर संकलनको लक्ष्य लिए पनि कर्मचारी नहुँदा समस्या सृजना भएको गाउँपालिका उपप्रमुख राधिका अर्यालले बताइन् । गाउँपालिकाको यो बर्ष एक करोड राजस्व संकलन गर्ने उदेश्य छ । तर अहिलेसम्म २२ लाख संकलन भएको छ । पसल दर्ता, वडाहरुमा सिफारिस दस्तुर, नक्सा पासबाट राजस्व संकलन गर्ने भएपनि कर्मचारी नभएकाले समस्या भएको उनले बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले कर्मचारीकै अभावमा पनि अरु गाउँपालिकाले सरहनै बितिय प्रगति गरेको बताए । गाउँपालिकाले अहिलेसम्म ३६ प्रतिशत बितिय प्रगती गरेको छ । चालु तर्फ ४०.८७ र पुजिगत तर्फ २४.८४ प्रतिशत बितिय प्रगती भएको भण्डारीले बताए ।

कर्मचारी रिझाउन प्रोत्साहन भत्ता

कर्मचारी संकट देखिएसंगै चन्द्रकोट गाउँपालिकाले कर्मचारी अड्याउने र कज्याउने उपाय खोेजेको छ । जसका लागि विभिन्न सुचक बनाएर ४० प्रतिशत समेत प्रोत्साहन भत्ताको व्यावस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले जानकारी दिए । शुरुको अवस्था देखि कर्मचारी अभाव भएकाले थप आकर्षण गर्न, थोरै कर्मचारीबाट पनि धेरै काम गराउन भत्ताको व्यावस्था गरिएको भण्डारीले बताए । यो भत्ता गाउँपालिकाको आन्तरिक आम्दानीबाट व्यावस्था गरिएको छ । पहिलो कर्मचारीको खटाई, कामको प्रभावकारिता र अनुसासन लगायतका आधारमा भत्ता प्रदान गरिने उनले बताए । ‘कर्मचारी अभाव र १० बजे आँए ५ बजे गएँ भन्ने स्थितीले झनै समस्या भयो,’ उनले भने, सरकारको काम गर्ने हात कर्मचारी भएकाले भत्ताको व्यावस्था गरेका छौ ।’

जनप्रतिनिधीलाई मुख देखाउनै गाह्रो

गाउँपालिकानै सचिव बिहिन भएपनि जनप्रतिनिधीहरु चिन्तित भएका छन् । उनीहरुले पञ्जिकरण समेत रोकिने स्थितीले जनताका अगाडी उभिन समेत मुस्किल परेको चन्द्रकोट गाउँपालिका वडा नं ६ का वडाध्यक्ष गोकर्ण प्रसाद शर्माले बताए । ‘गाउँगाउँमा सिहदरवार नारा मात्रै हुने भयो, वडामा त बेला बेलामा पञ्जिकरण हुन्थ्यो,’ शर्माले भने,‘ अव त्यो अवस्था पनि रहेन ।’ वडा नं १ का वडाध्यक्ष गोविन्द बहादुर बलालले गाउँपालिकाले कुनै कर्मचारी नपठाए पञ्जिकरण रोकिने बताए । ‘अहिलेसम्म एक जना वडाध्यक्षले चार वटा वडा हेरेका थिए, कहिलेकाँहि पालो आउँथ्यो,’उनले भने,‘ अब के गर्ने कार्यपालिकामा छलफल भएपनि कुनै निशकर्ष आएको छैन ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D