gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीको चन्द्रकोटमा गठबन्दनका युवराज केसी विजयी

गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा अध्यक्ष पदमा गठबन्दनका उम्मेदवार माओवादी केन्द्रका युबराज के.सीले जित हासिल गरेका छन् । के.सीले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चेतन बस्नेतलाई हराउँदै जित पक्का गरेका हुन् ।

माओबादी नेता युबराज के.सी ५ हजार ७०० मतका साथ विजयी भएका हुन् । अध्यक्षमा पराजित नेकपा एमालेका चेतन बस्नेतले ३ हजार २४७ मत प्राप्त्र गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा पदमा पनि गठबन्दनकै उम्मेदवारले जित निकालेका छन् । गठबन्दनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका बिष्णु प्रसाद भण्डारीले ५ हजार १६ मत ल्याउँदै आफ्न प्रतिद्वन्दी नेकपा एमालेकी राधिका अर्याललाई पराअजित गरेका हुन् । अर्यालले ३ हजार ८१६ मत प्राप्त गरेकी छन् ।

कुन वडामा कस्ले जिते ?

गाउँपालिकाका ८ वटा वडा मध्य ५ वटामा गठबन्दनका उम्मेदवारहरुले जितेका छन् भने २ वटामा नेकपा एमालेका उम्मेदवारहरुले जितेका छन् । १ वडामामा भने स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् ।

वार्ड नं १ मा दिब्रुङ: घनश्याम खरेल, माओवादी केन्द्र
वार्ड नं २ बिशुखर्क: कमल के.सी, स्वतन्त्र
वार्ड नं ३ हर्राचौर: डिल्लिराज सुबेदी, नेपाली कांग्रेस
वार्ड नं ४ शान्तिपुर: बल ब. बस्नेत, नेपाली कांग्रेस
वार्ड नं ५ ग्वाघा: पृथ बहादुर कार्की, नेपाली कांग्रेस
वार्ड नं ६ हरेवा: अमर सिंह दगामी, नेकपा एमाले
वार्ड नं ७ रुपाकोट: अनन्तराम भण्डारी, नेकपा एमाले
वार्ड नं ८ तुराङ: फणिन्द्र राज अर्याल, नेपाली कांग्रेस

अघिल्लो २०७४ सालको संबिधान सभाको निर्वाचनमा ठुला दलहरु एक्लाएक्लैजा चुनावी मैदानमा जाँदा माओवादी केन्द्रका युबराज के.सी पराजित भएका थिए । उक्त निर्वाचनमा नेकपा एमालेका मिमलाल श्रेष्ठ र माओवादी केन्द्रका के.सीलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार द्रोण खत्रीले अध्यक्ष पदमा जित निकालेका थिए ।

उता उपाध्यक्ष पदमा भने नेकपा एमालेले जितेको थियो । नेकपा एमालेकी उम्मेदवार राधिका आर्यालले नेपाली कांग्रेसकी भगवती अर्याल र माओबादी केन्द्रकी मिना बोहोरालाई पराजित गरेकी थिईन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D