gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको घोर्ले मावि जोखिममा, डेढ दशक लगाएर निर्माण गरिएको ग्याभिङवाल एकैचोटी भत्कियो

टोपलाल अर्याल
गुल्मी, १६ साउन । गुल्मीको रेसुंगा नगरपालिका १३ स्थित घोर्ले मावि जोखिममा परेको छ । बिद्यालय नजिकैबाट ग्याभिङवालसंगै पहिरो खसेपछि बिद्यालय जोखिममा परेको हो । दुई पटक गरेर बिद्यालय वारपारको ग्याभिङ वाल पूर्ण रुपमा भत्किएको छ ।

बिद्यालयको ग्राउण्ड सानो भएपछि पटक–पटक गरेर बिद्यालयको कम्पाण्डभरी ग्याभिङवाल लगाइएको बिद्यालयका प्रध्यानाध्यापक हिरासिंङ सराङकोटीले जानकारी दिए । अहिले पुरै वाल भत्किएपछि बिद्यालयलाई निकै ठुलो जोखिम भएको छ । केहि भाग ग्याभिङवाल एक महिना पहिले खस्यो । बिद्यालयले सुरक्षाका लागि तारजाली लगायो । तीन दिन अघि बाँकी पुरै ग्याभिङवाल खस्यो ।

पानी परे बिद्यालयको पक्की शौचालयनै भत्किने अवस्थामा रहेको प्रध्यानाध्यापक सराङकोटीले बताए । उनले अहिले नियमित कक्षा बन्द गरिएकोले बिद्यालय संचालन अगाबै कुनै उपाय नगरि नहुने बताए । बिद्यालय मात्रै जोखिममा परेको छैन् । पहिरोले सडक पुरेपछि बिद्यालय पुग्ने बिद्यार्थी र शिक्षकहरुलाई सास्ती भएको छ । ‘दिउँसो पढ्न थालेका बेला वाल भत्किदा निकै डर लाग्यो । बिद्यालय निकै जोखिमपूर्ण बन्यो,‘कक्षा ९ मा अध्ययन गर्ने सुशिल खत्रीले भने,‘पहिरोले सडक समेत पुरेकाले बिद्यालय पुग्नै मुस्किल पर्छ ।’ बिद्यालयमा दुई सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

डेढ दशकको लगानी बग्यो

बिद्यालय त्यतिकै पनि पहाडको टुप्पामा छ । त्योसंगै बिद्यार्थीहरुको लागि प्रयाप्त खेल मैदान छैन् । भएकै खेल मैदान पनि सानो भएपछि बिद्यालयले डेढ दशकदेखि ग्याभिङवाल बनाउँदै आएको छ । १० बर्ष अघि मन्त्रालयको २० लाख, ०७५÷०७६ मा संसद विकास कोष मार्फत आठ लाख र गत बषै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको आठ र नगरपालिकाको पाँच गरेर करिव ४१ लाखको लागतमा ग्याभिङवाल निर्माण गरिएपनि त्यो सवै एकैचोटी भत्किएको पुर्व वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए । खत्रीले अब पानी परे २० लाखमा निर्माण गरिएको पक्की शौचालय पनि भत्किने भएकाले तत्काल समाधानको उपाय खोज्नुपर्ने बताए ।

अनुगमनको भोलीपल्ट नै भत्कियो पर्खाल

ग्याभिङवाल निर्माण गर्न रेसुंगा नगरपालिकाको पनि पाँच लाख लागत परेकाले उपमेयर अमृता देवि कुवंर बिद्यालय अनुगमनमा पुगिन् । उनले अनुगमनमा ग्याभिङवालको अवस्था देखेर आफुले भत्किने जोखिमका बारेमा प्राविधिकलाई संकेत पनि गरिन् । तर, प्राविधिकले बेस बलियो भएकाले केहि नहुने बताए । अन्तत: ग्याभिङवाल पुरै भत्कियो । ‘प्राविधिक ज्ञान नभएपनि वालको अवस्था देखेर मैले त्यो बेलानै प्राविधिकलाई सचेत बनाएँ । तर, मलाई जमिन बलियो देखाए,’उनले भनिन,‘अहिले ठुलो क्षति भयो केहि समयमै जोखिम न्यूनिकरणका उपाय खोज्छौ । ’ स्थानीय केहि व्यक्तिले भुगोलको अध्ययनबिनै इष्टिमेट गरेर वाल थप्दै जाँदा क्षति भएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D