gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मीको कालीगण्डकी भगवती मावि ‘क’ केन्द्रमा मतदान स्थगित

जनार्दन घिमिरे
गुल्मी, मंसिर ०४ । गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि चुनावी प्रक्रिया स्थगित भएको हो । त्यस्ता मतपत्र ५५ वटा रहेको बताइएको छ ।

स्थगित भएको मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली पठाएर पुन: मतदान गर्ने बताइएको छ । तर पुन: मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भैरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनु भएको छ ।

२ लाख २३ हजार ६ सय १५ मतदाता रहेको गुल्मीमा आज भएको चुनावमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D