गुल्मीको एक विद्यालयलाई स्पेनका नागरीकले दिए कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री

गुल्मी, बैशाख ०६ । नयाँगाउँ माध्यामिक विद्यालय धुर्कोट गाउँपालिका गुल्मीलाई शनिबार एक कार्यक्रमका बिच पाँच थान कम्प्युटरसँगै विविध शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ ।

नयाँगाउँ मैदान स्थायी घर भई हाल काठमाडौ बस्दै आउनुभएका शिक्षाप्रेमी तथा समाजसेवि नारायण मल्लको बिशेष पहलमा सामाजिक अभियान्ता विश्वराम दंगाल र अनिल शर्माको सहजीकरणमा स्पेनका नागरिक डोमिङगो तथा राकेलको बिशेष सहयोगमा उक्त सामाग्री विद्यालयलाई प्रदान गरिएको हो ।

जसमा कम्प्युटर पाँच थान, प्रिन्टर एक थान, फोटो कपी कागजसँगै भकुण्डो लगायतका रु ३ लाख बराबरको खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरिएको त्यहाँबाट शिक्षक भिमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार उक्त सामाग्रीहरुको प्रयोगबाट गुणस्तरीय शिक्षा दिन ठुलो सहयोग पुग्ने बिद्यालयले अपेक्षा लिएको छ ।

जसको अधिकतम प्रयोग गरी दक्ष जनशक्ति उत्पादन गर्नमा बालबालिकाहरुलाई प्रेरित गर्ने पनि पोखरेलले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुम बहादुर खड्काको अध्यक्षता रहेको कार्यक्रममा स्पेनका नागरीक डोमिङगाको प्रमुख आतिथ्यता रहेको थियो ।

भने स्पेनका अर्का नागरीक राकेल,विश्वराम दंगाल तथा अनिल शर्माको बिशेष आतिथ्यता रहेको थियो ।
शिक्षक बिष्णु बहादुर कडेंललको स्वागत रहेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक यज्ञप्रसाद गौतमले गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा बालचेतना आधारभुत बिद्यालय नयाँगाउँ लाई पनि एक थान कम्प्युरट हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ