gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीको एउटा क्याम्पस जहाँ मासिक ५२ रुपैयाँमा बिए/बिएड पढाइ हुन्छ, आवास नि:शुल्क

टोपलाल अर्याल
गुल्मी, माघ १४ । चर्को शुल्कले थुप्रै क्याम्पसहरु गरिब तथा विद्यार्थीको पहुँचमा छैनन् । बसाइसराईले गाउँका कैयन क्याम्पस थेग्न मुस्किल परेको छ । छोराछोरीको शहर पढ्ने लहरले धेरै अभिभावक आर्थिक चपेटामा परिरहेका छन् ।

यो पनि पढ्नुस्: चौरासी पूजाको १५ लाख रुपैँया क्याम्पसलाई सहयोग

सदरमुकाममा बसेर क्याम्पस पढेपनि अहिलेको महङ्गी अनुसारको खानपान, कोठाभाडा र क्याम्पस शुल्कका कारण मासिक न्यूनतम पाँचदेखि सात हजारले पुग्दैन । तर गुल्मीको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसले गाउँमै २५ सयमा चार वर्षे स्नातक पढ्न पाउने व्यावस्था गरेको क्याम्पस संचालक समिति अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए ।

२५ सय पहिलो वर्ष भर्ना भएको मात्र हो । त्यस बाहेकमा मासिक वा अन्य कुनै शुल्क चार वर्ष तिर्नु पर्दैन । क्याम्पसका शिक्षा र मानविकी संकाय अन्तर्गत अंग्रेजी, अर्थशास्त्र र नेपाली मुल बिषय लिएर स्नातक गर्ने व्यवस्था रहेको भण्डारीले बताए । उनले पैसाको कारण उच्च शिक्षा पढ्न विद्यार्थीले गाउँ छोड्नुपर्ने बाध्यता हटाउनका लागि लागि संचालक समितिले २५ सयमा चार वर्षे स्नातक र निःशुल्क आवासको व्यवस्था गरिएको बताए ।

आर्थिक अवस्था कमजोर हुनेलाई सहज

मालिका गाउँपालिका ३ ह्वाङ्गदीकी बिष्णु र बहिनी कमला घिमिरे कक्षा १२ उतिर्ण भएपछि दुई वर्षसम्म आर्थिक अभावका कारण स्नातक पढ्न सदरमुकाम जान सकेनन् । अहिले दाजुबहिनीनै सो क्याम्पसमा भर्ना भएका छन् । अत्यन्तै कम शुल्कमा अध्ययन र निःशुल्क आवास पाएकोमा खुसी छन् ।

त्यस्तै गुल्मीको धुुर्कोट गाउँपालिका ४ की पुष्पा पोखरेल बुटवल बहुमुखी क्याम्समा स्नातक प्रथम वर्षमा अध्ययन गर्थिन् । सहुलियतको खबरले पोख्रेल अहिले गाउँमै फर्किन् र सोही क्याम्पसमा भर्ना भइन् । ‘शहरमा पढ्दा खर्च थेग्न मुस्कील प-यो, अहिले पढ्न निकै सजिलो भएको छ,’ उनले भनिन्, ‘पहिलो वर्ष २५ सय तिरे चार बर्षलाई पुग्यो ।’ उनीहरुजस्तै अन्य धेरै विद्यार्थीलाई अहिले निकै सहज भएको छ ।

भर्ना हुनेको संख्या बढ्दै

०६५ सालमा स्थापना भएको क्याम्पसमा पहिलो वर्ष ३५ जना मात्रै भर्ना भए । त्यसपछि घट्न थालेको संख्या अहिले फेरि बढ्न थालेको छ । अहिलेसम्म प्रथम वर्षमा मात्रै ८७ जना भर्ना भएका छन् । क्याम्पमा एक सय ३० विद्यार्थीले अध्ययन गरिरहेका क्याम्पस प्रमुख भण्डारीले बताए । उनका अनुसार अहिले १५ जना विद्यार्थीले निःशुल्क आवासको सुविधा लिएका छन् । विद्यालयले निःशुल्क कम्प्युटर र पुस्तकालयको व्यवस्था समेत गरेको भण्डारीले बताए ।

सहयोगबाटै क्याम्पस संचालन

यस क्याम्पस संचालनमा धेरै व्यक्तिहरुको सहयोगमा संचालन भएको छ । सांसद, पूर्व क्याम्पस प्रमुख, विभिन्न संघसंगठन, संस्थालगायत तीनवटै सरकारले सहयोग पुर्याएका छन् । साथै धुर्कोटमा विभिन्न व्यक्ति र संस्थाहरुको सहयोगमा अहिले एक करोड ४५ लाख रुपैयाँ बैंकको मुद्दती खातामा बचत गरेर त्यसको ब्याजबाट क्याम्पस संचालन गरेको भण्डारीले बताए । अहिले थप पाँच लाख रकम थपिएको छ । १० औ क्याम्पस सभा उद्घाटनको लागि पुगेका जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यो जिल्लाको नमुना शिक्षालय भएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D