gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको उनाएचौरमा पर्यटकीय गनतव्य बनाउन आकर्षक मन्दिर निर्माण

अनिल खत्री
८ बैशाख, गुल्मी । गुल्मीको उनाएचौरमा पर्यटकीय गनतव्य बनाउन थालिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५, ६, ७ को संगमस्थल उनाएचौरमा पर्यटकीय क्षेत्र बनाउन आकर्षक मन्दिर निर्माण गरिएको हो । पुरातात्वयिक शैलीमा निर्माण गरिएको मन्दिरले अन्तरिक तथा बाह्य पर्यटक भित्राउने अपेक्षा गरिएको छ ।

गुल्मी जिल्लाको पर्यटकीय क्षेत्र अन्र्तगत रहेको उनाएचौरमा बिभिन्न संरचना निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरको वडानम्बर–५, ६, ७ को संगमस्थल उनाएचौरमा पर्यटकीय गनतव्य बनाउन खड्ग भगवतीको आकर्षक मन्दिर निर्माण गरिएको हो ।

मन्दिरको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उदघाटन गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगर भित्र उत्कृष्ट पर्यटकीय गनतव्य बनाउने उदेश्यले आकर्षक मन्दिर निर्माण गरिएको बताए ।

उनाएचौरमा अरु धेरै पर्यटकीय संरचना बनाइने नगरप्रमुख भुसालले बताए । मन्दिर निर्माणसँगै खेलकुद मैदान, ट्रि–हाउस लगायतका संरचना निर्माण भएसँगै यसक्षेत्रमा अन्तिर तथा बाह्य पर्यटक आउने गरेको नगरप्रमुख भुसालले बताए ।

नगर भित्रका रेसुङ्गा अर्जुन र उनाएचौरलाई जोडेर पर्यटकीय गनतव्य बनाउन नगर लागि परेको भुसालले बताउनु भयो । पुरानो ऐतिहासिक मन्दिर रहेको स्थानमा जिर्ण बन्दै गएपछि नयाँ मन्दिर निर्माण गरिएको रेसुङ्गा नगरपालिका वडानम्बर–७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।

उनाएचौरको धार्मिक, साँस्कृतिक, ऐतिहासिक महत्वलाई जनमानसमा ल्याउनु पर्नेमा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । यस क्षेत्रको महत्वलाई सबै माझ लैजान सके यहाँ निर्माण गरिएका संरचनाको उपलब्धी हुने मरासिनीले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय गनतव्य १ सय कार्यक्रम अन्र्तगत रु ४७ लाख र मन्दिर व्यवस्थापन समितिको ११ लाख गरि ५८ लाखको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिरसँगै निर्माण भएको स्थानमा खेलकुद मैदान, ट्रि–हाउस लगायतका संरचना निर्माण भएसँगै यसक्षेत्रमा अन्तिर तथा बाह्य पर्यटक आउने गरेका छन् ।

मन्दिरसँगै त्यस क्षेत्रमा अरु पर्यटकीय संरचना निर्माणको निम्ति नगरपालिकाले योजना बनाएर अगाडी बढेको छ । वालकदेखि बृद्धसम्मलाई मनोरञ्जन दिन सक्ने गरि अरु पर्यटकीय संरचना नगरपालिकाले बनाउने वडाअध्यक्ष पाण्डेले बताए ।

जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उनाएचौरमा ट्रि–हाउस निर्माणले यस स्थल निकै परिचित छ । अब आकर्षक मन्दिर निर्माणले थप पर्यटकहरु यस स्थल घुम्न आउने अपेक्षा गरिएको उनाएचौर भगवती मन्दिर निर्माण समितिका सचिव हुमबहादुर केसीले बताए ।

मन्दिर निर्माण कार्यमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । त्यस स्थानमा अरु धेरै पर्यटकीय संरचना निर्माण भएपछि त्यस स्थानमा चहलपहल बढने अपेक्षा गरिएको छ ।

उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण गरिएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D