gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको इस्मा गाउँपालिकामा आइतवार सार्बजनिक बिदा

अनिल खत्री
१२ मंसिर, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आइतवार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रवार गाउँपालिकाको वडानम्बर–४ को हुल भन्ने स्थानमा भएको जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको शोकमा आइतवार (मंसिर १४) गते सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

दुर्घटनामा परेर घाइते २ जनाको स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु शैक्षिक संस्थाहरुमा बिदा दिन निर्देशन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत नारायण महतद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । कक्षा १२ को परिक्षा भने यथावत रुपमा सञ्चालन गर्न निर्देशन गरेको छ ।

इस्मा गाउँपालिकाबाट जिल्ला सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा दुर्घटना हँुदा ६ जनाको मृत्यु् भएको थियो । दुर्घटना इस्मा गाउँपालिका–४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० बर्षका सुन्दरी थापा र गुल्मी अस्पतालमा उपचारको क्रममा १९ बर्षका फर्सुराम थापाको भएको थियो ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ बर्षको सरस्वति दर्लामी र सहचाक २५ बर्षको कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुसल रहेका थिए । जीपमा चालक सहित ९ जना सवार रहेको थिए । दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D