gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीकी सुवर्ण ज्वारचनलाई सांसद बनाउने काँग्रेसको निर्णय

काठमाडौं, असार २२ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ । बागलुङकी घर भएकी समानुपातिक सांसद छन्त्यालको गत बुधबार निधन भएको थियो। रिक्त रहेको उक्त पदमा कांग्रेसले गुल्मीकी ज्वारचनलाई पठाउने सोमबारको बैठकले निर्णय गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिएको रातोपाटि डट कमले खबर छापेको छ ।

काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छ। सांसद निधन भएको जानकारी संघीय संसद सचिवालयले आयोगलाई दिएपछि सोही अनुसार निर्वाचन आयोगले पत्र पठाएको थियो ।

सांसदको निधन भएकोबारे काँग्रेसले पनि जानकारी गराएको थियो । लामो समयदेखि काँग्रेसमा क्रियाशील रहेकी ज्वारचन विसं २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन्।

ज्वारचन बाणिज्य राज्यमन्त्री पनि भएकी थिइन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D