अर्घाखाँची, जेठ १४ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक बृद्धालाई फेला पारी परिवारको जिम्मा लगाईदिएको छ ।
गुल्मी रुरु गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ६५ की भुपि लुहारलाई सुर्योदय महिला वचत तथा ऋण सहकारी संस्थाबाट संचालित अल्पकालिन सहायता सेवा केन्द्रका प्रमुख सुन्तली श्रेष्ठको रोहवरमा आफ्नै सहोदर
जेठाजुको छोरा जिल्ला गुल्मी रुरु गाउँपालीका वार्ड नं. ४ बस्ने बर्ष ५७ को विष्णु सुनारकी जिम्मा लगाईदिएको हो ।
पाणिनी गाउँपालिका वार्ड नं ८ मा प्रहरी चौकी पालीले बृद्धा भुपि लुहारलाई फेला पारेको थियो ।