gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीकी प्रजिअद्घारा पीडितलाई घरमै पुगेर राहात उपलब्ध

सन्तोष महतारा
गुल्मी, १६ भदौ । गुल्मीमा पीडितको घरमा पुगेर राहात हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका ४ मा पुगेर चट्याङ लागेर मृत्यू भएका पीडित परिवारलाई राहात हस्तान्तरण गरेकी हुन् । बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत चट्याङ लागेर बुहारी गुमाएका ससुरा तुल बहादुर गाहालाई नगद २ लाख रुपैयाँ राहात हस्तानतरण गरिएको हो ।

गएको वैशाख २४ चट्याङ लागेर मुसिकोट ४ बडागाउँमा बुहारी करिष्मा गाहा मगरको मृत्यु भएसँगै घर पूर्ण रुपमा क्षति र अन्य ५ जना घाइते भएका थिए । घाइतेहरु अहिले उपचार गरेर घर फर्किएका छन् । पीडित परिवारलाई चट्याङ लागेर झन् पीडा भएको थियो । यसअघि उनीहरु बडागाउँमा आगो लाग्दा पनि पीडित अवस्थामा पुगेका थिए ।

उनीहरुलाई नगरपालिकाले बुहारी करिष्माको काजकिरियाका लागि नगद २५ हजार र अस्थायी घर निर्माणका लागि जस्तापाता उपलब्ध गराएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए । बुहारी करिष्माको बिहे भएको ३ महिना १० दिनमा चट्याङ लागेर मृत्यु भएको हो । उनका श्रीमान् मिलन गाहा मगर नेपाली सेना हुन् । राहात बुझ्दै मिलनका बुबा तुल बहादुरले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र नगरपालिका प्रमुख सोमनाथ सापकोटा सहित घरमा पुगेका सबैलाई धन्यवाद दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले केही ढिलो हुन गएपनि आफुले राहात लिएर घरमा पुगेको बताइन् । कोरोना महामारी त्यसैमाथि विभिन्न समस्याका कारणले गर्दा केही ढिलो राहात उपलब्ध भएपनि नगद रकम सही रुपले सदुपयोग गर्न आग्रह गरिन् । पछिल्लो समय गुल्मीमा आफुले पीडितको घरमै पुगेर राहात उपलब्ध गराएको उनले बताइन् । मुसिकोट नगरपालिका १ नेटामा माइती घर भएकी बुहारी करिष्माको बिहे भएको ३ महिना १० दिनमा चट्याङ लागेर मृत्यु भएको थियो । राहात प्रदान गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, जिल्ला प्रहरी प्रमुख गोपालचन्द्र भट्टाई, सशस्त्र प्रहरी प्रमुख अशोक लम्साल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख, नेपाल पत्रकार महासंघ गुल्मीका प्रमुख टोपलाल अर्याल लगायतको समूह उनको घरमा पुगेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D