अनिल खत्री
गुल्मी, जेठ १५ । गुल्मीमा कोरोना संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष पोखरेललाई कोरोना संक्रमण भएपश्चात उनको सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।
उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । पोखरेल संक्रमित भएपछि जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु होमक्वारेन्टाइनमा थिए ।
जिल्लामा मदाने गाउँपालिकामा २ जना र धुर्कोट गाउँपालिकामा २ जना गरी ४ जना संक्रमित छन् । संक्रमित मध्ये मदाने गाउँपालिकाका एकजनाको उपचारको क्रममा मृत्युु भएको थियो। संक्रमित ३ जनाको जिल्लामै उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।