gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीका १४ आरन ब्याबसायीले पाए औजार

मनोज कार्की
गुल्मी, अषाढ २६ । गुल्मीको मालिका गाउँपालिका घमिर वडा नं ७ घमिरका ब्याबसायिहरुले आरनका औजार पाएका छन् । शुक्रबार घमिरमा एक कार्यक्रमका साथ १४ जना आरन ब्याबसायिहरुलाई आरन औजार बितरण गरिएको घमिर वडा कार्यालयले जानाकारी दिएको छ ।
औजार बितरण गर्दै मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँ घरमा गर्दै आएको आरन ब्याबसाय पछिल्लो समयमा निर्बाहमुखी भएको यसलाई अझ ब्याबस्थित गरि ब्याबसायिक बनाउनु पर्ने बताए ।

आरन सन्चाल ब्याबसायिलाई ब्याबस्थित गराउनको निम्ती तालिम आबश्यक रहेकाले तालिमको ब्याबस्था मिलाउनको लागि वडा कार्यालयलाई पहल गर्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।

वडाबाट बितरण गरिएको औजारको सोहि सदुपयोग गरि संचालन गर्ने सकेमा सफल आरन ब्याबसायि बन्न सक्ने वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए । आरन ब्याबस्थापनको क्रममा ब्याबसायिहरुलाई समस्या परे वडा कार्यालयले तुरुन्तै समधान गर्ने अध्यक्ष पन्थीले बताएका छन् ।
औजार बितरण कार्यक्रममा समाजसेवी चन्द्रमणि लम्साल ,ज्ञानराज पन्थी, गुणानिधि लम्साल,यम बहादुर बि.क,शेसकान्त लम्साल,डिल्लीराज उपाध्याय लगाएतको उपस्थिती रहेको थियो । आरन ब्याबस्थापन तथा औजार बितरण कार्यक्रमको लागि वडा कार्यालय बाट ५ लाख बिनियोजन गरिएको थियो ।

औजार पाउँदा आरन ब्याबसायिहरु खुसि

वडाले कार्यक्रमको आयोजना गरि आरन औजर बितरणले ब्याबसायिमा खुसि पलाएको छ । पछिल्लो समयमा हराउँदै गएको आरन ब्याबसायलाई ब्याबस्थित गर्नेका लागि वडाले आरनका औजार बितरण गरेको भन्दै ब्याबसायिहरुले वडा तथा गाउँपालिकालाई धन्यबाद दिएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D