gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका १२ स्थानीय तहका प्रमुखले लिए सपथ

टोपलाल अर्याल
गुल्मी, जेठ ५ । जिल्लाका १२ वटै पालिका प्रमुखले पद तथा गोपनीयताको सफथ लिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले पद तथा गोपनियताको सपथ खुवाएका हुन । मुख्य निर्वाचन अधिकृतले पालिका प्रमुखलाई सपथ खुवाएपछी प्रमुखले आआफ्नो पालिकामा उपप्रमुखसहितका जनप्रतिनिधिलाई सपथ खुवाउने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुवरले जानकारी दिए ।

रेसुङा नगरपालिका

रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसमा खिलध्वज पन्थीले एमालेका राजेन्द्र पाण्डेयलाई पराजित गरेका छन । पन्थीको आठ हजार छ सय १४ र पाण्डेयको सात हजार तीन सय २० मत रहेको थियो । उपमेयरमा कांग्रेसकी अमृतादेवि कुवंरले एमालेकी रिता पाण्डेयलाई पराजित गरेकी छन । कुवंरको आठ हजार छ सय १९ र पाण्डेयको सात हजार दुई सय ३१ मत रहेको थियो ।

मुसिकोट नगरपालिका

मुसिकोट नगरपालिकामा मेयरका लागि एमालेका जीवन खरेलले गठबन्धनका हरिनायराण सापकोटालाई सात सय ९३ मतले पराजित गर्दै सात हजार तीन सय ९९ मत प्राप्त गरे । सापकोटाले छ हजार छ सय मत प्राप्त गरेका थिए । उपमेयरमा गंगा श्रेष्टले गठबन्धनका श्रीराम महतलाई छ सय ८८ मतले पराजित गर्दै सात हजार ११ मत प्राप्त गरिन् । महतले छ हजार तीन सय २३ मत पाए ।

गुल्मी दरवार गाउँपालिका

गुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेसका सरोज कुमार थापा बिजयी भएका छन् । थापाले एमालेका कृष्ण बहादुर भुसाललाई पराजित गरे । थापाको छ हजार एक सय ६६ र भुसालको पाँच हजार छ सय दुई मत रहेको थियो । उपप्रमुखमा कांग्रेसकी तारा थापा ढेगाले एमालेकी सुशिला पुनलाई पराजित गरिन् । ढेगाको छ हजार दुई सय ७७ र पुनको पाँच हजार पाँच सय मत रहेको छ ।

सत्यवती गाउँपालिका

सत्यवति गाउँपालिका प्रमुखमा एमालेका टीकाराम पाण्डेयले गठबन्धनका पारिश्वर ढकाललाई पराजित गरे । पाण्डेयको छ हजार दुई सय ६७ र ढकालको पाँच हजार छ सय ११ मत रहेको छ । त्यस्तै उपप्रमुखमा एमालेकी निरमाया तरामुले गठबन्धनकी तेजकुमारी थापालाई पराजित गरिन् । तरामुको छ हजार दुई सय २४ र थापाको पाँच हजार पाँच सय ६१ मत रहेको छ ।

इस्मा गाउँपालिका

इस्मा गाउँपालिकामा कांग्रेसका भगतसिंह खड्काले एमालेका हिरा एसीलाई पराजित गरेका छन् । खड्काको पाँच हजार पाँच सय ८९ र एसीको पाँच हजार चार सय ६४ मत रहेको छ । त्यस्तै इस्माको उपप्रमुखमा कांग्रेसकी पार्वती कुवंरले एमालेकी बिमला खत्रीलाई पराजित गरिन् । कुवंरले पाँच हजार नौ सय नौ र खत्रीको पाँच हजार एक सय २१ मत प्राप्त गरेकी छन् ।

मदाने गाउँपालिका

मदाने गाउँपालिकामा गठबन्धनको तर्फबाट महेन्द्र कुवंरले एमालेका प्रेम केसीलाई पराजित गरे । कुवंरको चार हजार सात सय सात र केसीको चार हजार छ सय ९७ मत रहेको छ । उपप्रमुखमा एमालेकी सरिता खड्काले गठबन्धनका बेगम चन्दलाई पराजित गरिन् । खड्काको चार हजार पाँच सय ६७ र चन्दको चार हजार दुई सय ११ मत रहेको छ ।

चन्द्रकोट गाउँपालिका

चन्द्रकोट गाउँपालिकामा गठबन्धनका युवराज केसीले एमालेका चेतन बस्नेतलाई पराजित गरे । केसीले पाँच हजार ७ सय र बस्नेतले तीन हजार दुई सय ४७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका बिष्णु भण्डारीले एमालेकी राधिका अर्याललाई पराजित गरेका छन् । भण्डारीको पाँच हजार १६ र अर्यालको तीन हजार आठ सय १६ मत रहेको छ ।

छत्रकोट गाउँपालिका

छत्रकोट गाउँपालिकामा एमालेका रामप्रसाद पाण्डेयले गठबन्धनका अनन्तराम पौडेललाई पराजित गरेका छन् । पाण्डेयको छ हजार पाँच सय ८६ र पौडेलको पाँच हजार नौ सय ४८ मत रहेको छ । उपप्रमुखमा एमालेकी सावित्रा ज्ञवालीले गठबन्धनका गुमानसिंह पुन मगरलाई पराजित गरिन् । ज्ञवालीको छ हजार चार सय ७२ र पुनको पाँच हजार एक सय २४ मत रहेको छ ।

रुरु क्षेत्र गाउँपालिका

रुरु क्षेत्र गाउँपालिकामा गठबन्धनका यदु ज्ञवालीले प्रमुखमा एमालेका हिमाल श्रेष्टलाई पराजित गरे । ज्ञवालीको पाँच हजार आठ सय १७ र श्रेष्टको चार हजार पाँच सय ४० मत रहेको छ । उपप्रमुखमा एमालेकी मिनादेवि गौतमले गठबन्धनकी दुर्गा ज्ञवालीलाई पराजित गरिन् । गौतमको पाँच हजार चार सय ५१ र ज्ञवालीको चार हजार छ सय ४६ मत रहेको छ ।

कालीगण्डकी गाउँपालिका

कालिगण्डकी गाउँपालिका प्रमुखमा कांग्रेस जनमोर्चा गठबन्धनका बेदबहादुर थापा मगरले एमाले माओवादीका राम्जी ज्ञवालीलाई पराजित गरे । थापा मगरको चार हजार आठ सय १० र ढकालको चार हजार छ सय ७७ मत रहेको छ । उपप्रमुखमा एमाले माओवादीका गठबन्धनकी मञ्जु दर्लामीले कांग्रेस जनमोर्चा गठबन्धनकी तारा थापालाई पराजित गरिन् । दर्लामीको चार हजार आठ सय ८४ र थापाको चार हजार तीन सय ८४ मत रहेको छ ।

मालिका गाउँपालिका

मालिका गाउँपालिका प्रमुखमा गठबन्धनका देविराम अर्यालले एमालेका रितबहादुर थापालाई पराजित गरे । अर्यालले छ हजार एक सय ७६ र थापाले चार हजार छ सय १७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका उपेन्द्र अर्यालले एमालेकी रनमाया पुनलाई पराजित गरे । अर्यालको छ हजार तीन सय ३४ र पुनको चार हजार छ सय ९२ मत रहेको छ ।

धुर्कोट गाउँपालिका

धुर्कोट गाउँपालिकामा एमाले माओवादी गठबन्धनका भुपाल पोख्रेलले प्रमुखमा एकिकृत समाजवादी कांग्रेस गठबन्धनका महेन्द्रप्रसाद भण्डारीलाई पराजित गरे । पोखे्रलले छ हजार ८९ र भण्डारीले चार हजार दुई सय ६१ मत प्राप्त गरे । उपप्रमुखमा एमाले माओवादी गठबन्धनकी सीता गिरीले एकिकृत समाजवादी कांग्रेस गठबन्धनका चन्द्र बहादुर सुनारलाई पराजित गरिन् । गिरीले छ हजार एक र सुनारले तीन हजार चार सय ८८ मत प्राप्त गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D