gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका स्थानीय तहलाई ४ अर्ब बजेट, कहाँ कती पर्‍यो यस्तो छ पुरा विवरण

भेष बहादुर काउछा
१६ जेठ । सरकारले आर्थिक वर्ष २०७७-०७८ को लागि गुल्मीका स्थानीय तहलाई ४ अर्ब रुपैँया भन्दा बढी रकम बिनियोजन गरेको छ । समानिकरण र सशर्त अनुदानका अलावा यसपाली समपुरक र विषेश अनुदान पनि समावेश गरी कुल ४ अर्ब २ करोड ७७ लाख रुपैँया छुट्टाएको अर्थमन्त्रालयले जनाएको छ । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानिय निकायलाई सो रकमबराबरको बजेट छुट्टिएको हो ।

जिल्लाका स्थानिय निकायहरुलाई वित्तीय समानिकरण अनुदान अर्थात नेपाल सरकारले स्थानीय तहको खर्चको आवश्यकता तथा राजस्व क्षमताको आधारमा दिईने अनुदानको लागि १ अर्ब १३ करोड ६६ लाख रुपैँया छुट्टाईएको छ । त्यस्तै सशर्त अनुदान अन्तर्गत २ अर्ब ६२ करोड २६ लाख रुपैँया बिनियोजन भएको छ । समपूरक अनुदान अर्थात सरकारबाट पूर्वाधार विकास सम्बन्धी योजना कार्यान्वयन गर्न दिईने अनुदान स्वरुप २१ करोड ८ लाख रुपैँया विशेष अनुदान अर्थात नेपाल सरकारबाट प्राप्त हुने विशेष अनुदान शिक्षा, स्वास्थ्य, खाने पानी जस्ता आधारभूत सेवाको विकासका लागि ५ करोड ५ लाख रुपैँया बजेट बिनियोजन गरिएको छ । समपुरक अनुदानले विकासमा सन्तुलन कायम गर्न तथा आर्थिक सामाजिक रूपमा पिछडीएको वर्गको उत्थान गर्ने प्रयोजनका लागी विशेष अनुदान प्रदान गर्न सक्ने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले ब्यवस्था गरेको छ ।

जिल्लाका दुई वटा नगरपालिकाले ८२ करोड ८० लाख रुपैँया पाउनेछन् जसमा २२ करोड ८३ लाख रुपैँया समानिकरण अनुदान, ५३ करोड ७० लाख रुपैँया सशर्त अनुदान, ५ करोड १० लाख रुपैँया बिशेष अनुदान र १ करोड १७ लाख रुपैँया समपुरक अनुदान रहनेछ । जिल्ला भरका स्थानिय निकायहरुमध्य अघिल्लो आर्थिक बर्षमा जस्तै मुसिकोट नगरपालिकालाई सबैभन्दा धेरै बजेट छुट्टाईएको छ । मुसिकोट नगरपालिकाले ४५ करोड ६७ लाख रुपैँया बजेट पाउनेछ जसमा जसमा ११ करोड ३६ लाख रुपैँया समानिकरण अनुदान, २९ करोड ६४ लाख रुपैँया सशर्त अनुदान, ३ करोड ५० लाख रुपैँया बिशेष अनुदान र १ करोड १७ लाख रुपैँया समपुरक अनुदान रहनेछ । त्यस्तै रेसुङ्गा नगरपालिकाले ११ करोड ४७ लाख रुपैँया समानिकरण अनुदान, २४ करोड ६ लाख रुपैँया सशर्त अनुदान र १ करोड ६० लाख रुपैँया बिशेष अनुदान गरी कुल ३७ करोड १३ लाख रुपैँया बजेट बिनियोजन गरिएको छ । यसपाली पनि रेसुङ्गा नगरपालिकालाई समपुरक अनुदान भने छुट्टाईएको छैन ।

गुल्मीका १० गाउँपालिकाहरुलाई जम्मा ३ अर्ब १९ करोड ९७ लाख रुपैँया छुट्टाईएको छ । जिल्लाका १० गाउँपालिका मध्य अघिल्लो आर्थिक बर्षमा जस्तै यस बर्ष पनि धुर्कोट गाउँपालिकालाई सबै भन्दा बढी ३५ करोड ६३ लाख रुपैँया बजेट परेको छ । त्यस्तै सबै भन्दा कम ईस्मा गाउँपालिकालाई परेको छ । ईस्मा गाउँपालिकालाई २८ करोड ८१ लाख रुपैँया बजेट छुट्टाईको हो । अघिल्लो आर्थिक बर्षमा सबै भन्दा काम बजेट पाउनेमा गुल्मी दरबार गाउँपालिकालाई रहेको थियो । यसबर्ष गुल्मी दरबार गाउँपालिकालाई २९ करोड ७८ लाख रुपैँया बिनियोजन गरिएको छ भने कालिगन्डकी गाउँपालिकालाई जम्मा २८ करोड ८८ लाख रुपैँया छुट्टाईएको छ ।

छत्रकोट गाउँपालिकालाई ३४ करोड ४४ लाख रुपैँया, रुरु गाउँपालिकालाई ३४ करोड ३२ लाख रुपैँया, सत्यवती गाउँपालिकालाई ३३ करोड रुपैँया, चन्द्रकोट गाउँपालिकालाई ३२ करोड २४ लाख रुपैँया, मालिका गाउँपालिकालाई ३२ करोड १४ लाख रुपैँया, मदाने गाउँपालिकालाई ३० करोड ७३ लाख रुपैँया बजेट बिनियोजन गरेको अर्थमन्त्रालयले जनाएको छ ।

आर्थिक बर्ष २०७७-७८ मा रेसुङ्गा नगरपालिकाका अलावा चन्द्रकोट गाउँपलिका, कालिगण्डकी गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, मदाने गाउँपालिका र सत्यवती गाउँपालिकाले समपुरक अनुदान प्राप्त गर्ने छैनन् ।

हेर्नुस अर्थमन्त्रालयले बिनियोजन गरेको बजेट :

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D