gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका स्थानीय तहलाई ३ अर्ब बजेट, कहाँ कती पर्‍यो यस्तो छ पुरा विवरण

गुल्मी, ८ साउन । आर्थिक वर्ष २०७४÷०७५ को लागि गुल्मीका स्थानीय तहलाई चालु र पुँजीगत बजेट झण्डै साढे तीन अरब रकम केन्द्रबाट छुट्टिएर आएको छ । पूँजीगत चालु गरी ३ अरब २० करोड ६२ लाख ६६ रकम छुट्टिएको हो । जिल्लामा रहेका २ नगरपालिकासहित १० गाउँपालिकालाई उक्त बजेट छुट्टिएको कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख शशिन्द्र खातीले जानकारी दिए ।

जिल्लामा रहेका स्थानीय तहमध्ये रेसुङ्गा नगरपालिकालाई स्थानीय योजना बनाएर खर्च गर्न मिल्ने बजेट १८ करोड ८३ लाख २२ हजार र केन्द्रीय कार्यक्रमअनुसार खर्च गर्ने रकम १२ करोड ५७ लाख ३४ हजार रकम रहेको छ ।
gulmi map new
मुसिकोट नगरपालिकालाई स्थानीय योजना बनाएर खर्च गर्न मिल्ने बजेट १९ करोड ७५ लाख ८७ हजार र केन्द्रीय योजनाअनुसार खर्च गर्ने रकम १५ करोड ५२ लाख २९ हजार रकम विनियोजन भएको छ । गाउँपालिकातर्फ गुल्मी दरवार गाउँपालिकालाई स्थानीय योजनाको लागि १३ करोड ९४ लाख ३४ हजार केन्द्रीय योजनाको लागि ९ करोड २० लाख ५८ हजार रकम रहेको छ । छत्रकोट गाउँपालिकामा स्थानीय योजनाको लागि १३ करोड ७५ लाख ५१ हजार र केन्द्रीय योजनाको लागि १० करोड ७७ लाख ९७ हजार रकम रहेको छ ।

रुरु गाउँपालिकामा केन्द्रीय योजनाको लागि १२ करोड ६६ लाख २७ हजार र केन्द्रीय योजनाको लागि १० करोड ८२ लाख २८ हजार रकम रहेको छ । कालिगण्डकी गाउँपालिकामा स्थानीय योजनाको लागि १३ करोड ३० लाख ९० हजार र केन्द्रीय योजनाहरूको लागि १० करोड ३९ लाख ७७ हजार रकम बिनियोजन भएको छ । त्यस्तै सत्यवती गाउँपालिकामा स्थानीय योजनाको लागी १६ करोड १४ लाख ४ हजार र केन्द्रीय योजनाहरूको लागि ११ करोड ११ लाख ४८ हजार रकम रहेको छ ।

चन्द्रकोट गाउँपालिकामा स्थानीय योजनाहरूको लागि १४ करोड ७१ लाख ९० हजार र केन्द्रीय योजनाहरूको लागि १० करोड ७१ लाख ८२ हजार रकम रहेको छ ।
इश्मा गाउँपालिकाको लागि स्थानीय योजनाहरूमा १५ करोड २९ लाख ४० हजार र केन्द्रीय योजनाहरूको लागि ९ करोड २७ लाख ९० हजार रकम रहेको छ ।

त्यस्तै मालिका गाउँपालिकामा स्थानीय योजनाहरूको लागि १६ करोड ५२ लाख ८० हजार र केन्द्रीय योजनाहरूको लागि १० करोड ९८ लाख ११ हजार रकम बिनियोजना भएको छ ।

धुर्कोट गाउँपालिकाको लागि स्थानीय योजनाहरूमा १६ करोड ३० लाख ४५ हजार र केन्द्रीय योजनाहरूको लागि ११ करोड ३२ लाख ११ हजार रकम रहेको छ । मदाने गाउँपालिकाको लागी स्थानीय योजनाहरूमा १६ करोड ५० लाख ४२ हजार र केन्द्रीय योजनाहरूमा १० करोड १५ लाख ८९ हजार रकम बिनियोजन भएको छ । बिनियोजित बजेटमा कर्मचारीहरूको तलव पनि सोही बजेटमा समाबेश रहेको कोष नियन्त्रक खातीले जानकारी दिए । बजेटको एक तिहाई रकम सम्बन्धित स्थानीय तहको खातामा गइसकेकोले कार्यक्रम बनाएर खर्च गर्न मिल्ने छ ।

आर्थिक वर्ष २०७३, ०७४ को गुल्मीको आन्तरिक आय स्रोत, रावस्वको अवस्था भने अत्यन्तै न्यून रहेको छ । गत आर्थिक वर्षमा जिल्लामा कुल पूँजीगत र चालुतर्फ झण्डै सात अर्ब बजेट आउने यो जिल्लाको राजस्व संकलन भने १६ करोड १४ लाख रहेको छ ।

जिल्लामा बजेट र खर्चको अवस्था वृद्धि भइरहेको भए पनि राजस्व संकलनमा वृद्धि नभएको कोष तथा लेखा नियन्त्रक खातीले जानकारी दिए । ‘गत वर्ष र अहिले राजस्व संकलनमा खासै अन्तर छैन’, उनले भने– ‘सबै केन्द्रकै बजेटमा केन्द्रीय भए ।’ तीन हजार मात्र आन्तरिक स्रोत हुने थुप्रै साविकका गाविसहरू छन् । यो अवस्थामा जिल्लाका स्थानीय निकायहरूको केन्द्र प्रतिको परनिर्भरता छर्लङ्ग देख्न सकिन्छ । जसका कारण स्थानीय निकायहरूलाई ठुलो चुनौति देखिएको छ ।

‘जिल्लाको लागि यो ठुलै चुनौती हो,’ जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले भने– ‘स्थानीय निकायहरूले स्रोत पहिचान गरेर करको दायरा फराकिलो बनाउनुपर्छ ।’ उनले अहिलेसम्म जिल्लाका गिट्टी वालुवामा समेत आफूहरूले निगरानी बढाउन नसकेको स्वीकार गरे । गौतमले बजेट र राजस्वको अवस्था हेर्दा धेरै अन्तर रहेकाले भोलिको समृद्ध गुल्मीका ठुलो धक्का हुने बताए । मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले विस्तारै स्थानीय स्रोतहरूको पहिचान गरेर तीनलाई नगरको आर्थिक स्रोतसँग जोड्ने विषयमा आफूहरू जुटिरहेको बताए । ‘अहिलेकै अवस्थामा नगर र गाउँपालिकालाई ग्राहो छ,’ उनले भने, ‘बिस्तारै सबै आफ्नै पहुँचमा आउने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D