gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका स्थानिय तहलाई सहकारी अभिलेख हस्तातरण

अनिल खत्री
२६ बैशाख गुल्मी । संघिएता कार्यन्वयनसँगै जिल्ला केन्द्र प्रदेशमा रहेका बिभिन्न कार्यालयका अधिकारहरु स्थानिय तहमा जानेक्रम चलिरहेको छ । नयाँ व्यवस्था अनुसार सरकारले संघिएता कार्यन्वयनमा केन्द्र,प्रदेश,जिल्ला तहका अधिकारलाई नगर,गाउँपालिका बुझाउने क्रममा डिभिजन सहकारी कार्यालय पाल्पाले गुल्मीका स्थानिय तहलाई सहकारी अभिलेख हस्तातरण गरेको छ ।
बुधवार जिल्ला सदरमुकाम तम्घासमा जिल्ला समन्वय समिति प्रमुख,स्थानिय तहका प्रमुख,प्रशासकिय अधिकृत,बिभिन्न सहकारी संघका प्रमुख तथा सरोकार वालाहरुसँग २ दिने सहकारी सम्बन्धी अभिमुखि करण कार्यक्रम राखेर हस्तातरण गरिएको डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिए । जिल्लामा रहेका १२ वटा स्थानिय तहहरुलाई २ सय २७ वटा सहकारी संस्थाको अभिलेख हस्तातरण भएको हो ।
जिल्ला सदरमुकाम तम्घासमा सबै स्थानिय तहका प्रमुख उपप्रमुख, प्रशासकिय अधिकृत,सहकारी प्रमुखहरु बिभिन्न सरोकारवाला लगायतलाई राखेर डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहरा, समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा लगायतले समयुक्त रुपमा प्रत्येक स्थानिय तहमा पर्ने सहरकारीहरुको अभिलेख हस्तातरण गरेका थिए । पाल्पा डिभिजन सहकारीमा आबद्ध भएका २ सय ५६ मध्ये ३५ वटा सहकारी भने प्रदेशलाई जिम्मा लगाइने भएको छ ।
स्थानिय तहभन्दा बाहिर अधिकार क्षेत्र बनाएर काम गरि रहेका ६ वटा सहकारी संघ र २९ वटा सहकारी प्रदेशमा जिम्मा लगाइएको प्रमुख बोहराले जानकारी दिए । स्थानिय तहले पाएका सहकारी अभिलेख अनुसार रुरु गाउँपालिकामा २७ वट, धुर्कोट गाउँपालिकामा २१ वटा, चन्द्रकोछ गाउँपालिका १३ वटा सहकारी रहेका छन् ।
त्यस्तै मालिका गाउँपालिमा १६ वटा सहकारी,मदाने गाउँपालिकामा १३ वटा, इस्मा गाउँपालिकामा १४ वटा, छत्रकोट गाउँपालिकामा १९ वटा सहकारी संस्था रहेका छन् । त्यस्तै गुल्मी दरवारगाउँपालिकामा २० वटा, मुसिकोट नगरपालिकामा १५ वटा,रेसुङ्गा नगरपालिकामा ३५ वटा, कालिगण्डकी गाउँपालिकामा १५ वटा र सत्यवत्ती गाउँपालिकामा १९ वटा सहकारी संस्था रहेका छन् ।
नगर गाउँपालिकामा पर्ने सहकारीले अबदेखि सबै अधिकार र कामको लागि सो सेवा स्थानिय तहबाट लिन पाउने छन् । स्थानिय तहलाई सहकारी अभिलेक बुझाएसँगै आगामी दिनहरुका दर्ता तथा सबैखाले अभिलेख बुझाउन ल्याउनको लागि डिभिजन कार्यालय पाल्पामा जानु पर्ने बाध्यता हटेको छ ।
स्थानिय तहमा आउनुपूर्व सहकारी दर्ता तथा सञ्चालनको लागि अभिलेख पाल्पामा लैजानु पर्ने थियो । स्थानिय तहलाई शहकारी हस्तातरण तथा स्थानिय तह प्रमुखहरु र प्रशासकिय अधिकृतहरुलाई २ दिन सम्म सशकारीका बिभिन्न अबस्था बारेका जानकारी गराइएको थियो ।
डिभिजन सहकारी कार्यालय पाल्पाबाट आएका प्रमुख बोहरा,बिभागिय प्रतिनिधी रिषीराम पौडेल,सहकारी निरिक्षकहरु नारायण न्यौपाने, टंक भण्डारी सहयक निरिक्षक कृष्ण खाती लगायतले सहकारी सञ्चालन र स्थानिय तहको भुमिका बारेमा सहजिकरण गरेका थिए । उनिहरुले आगामी दिनहरुमा सहकारी नयाँ दर्ता र सबैखाले अधिकारहरु नगर तथा गाउँपालिकामा आएकाले जनतालाई सेवा लिन छिटो र छरितो भएको बताएका थिए ।
जिल्ला सदरमुकाम तम्घासमा २ दिन सम्म भएको अभिमुखि करणमा सहकारी सञ्चालनको क्रममा जिल्ला तथा क्षेत्रहरुका धाउनु पर्ने बाध्यता हटेकाले स्थनिय तहले राम्रो भूमिका निर्वाह गरेर सहकारीहरु सफल बनाउन सकिने बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा, जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापा,बचत सहकारी संघकी अध्यक्ष राधा पन्थी, सहकारी समितिका हरि छन्तेल लगायतले स्थानिय तहमा सहकारी सञ्चालनको अधिकार आउनुले जनतामा थप आशा जगाएको बताएका थिए ।
उनिहरुले अधिकार प्राप्तसँगै नगर गाउँपालिकाहरुमा सहकारीको लागि थप तालिमहरु आबश्यक रहेको जोड दिएका थिए । अधिकार स्थानिय तहमा आएपनि कर्मचारी अभावले सञ्चालनमा कठिनाई भएको बताएका थिए । सहभागिहरुले जिल्ला समन्वय समितिमा सहकारीसँग सम्बन्धी रहेर समन्वय गर्ने निकाय स्थापन हुनुपर्ने जोड दिएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D