gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीका सिडियो राहत बोकेर पहिरोबाट ज्यान गुमाएकाको घरमै पुगे

गुल्मी, असौज २४ । गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पहिरोबाट ज्यान गुमाएका परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । उनले आइतबार साँझ ७ बजेतिर रेसुंगा नगरपालिका-८ का तिलक परियारको घरमा पुगेर राहत प्रदान गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी पौडेल विपद् उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम सरकारबाट प्रदान गर्ने नगद चार लाख रुपैयाँ लिएर परियारको घरमै पुगेका थिए ।

चाडपर्व नजिक परिवार गुमाएको पीडालाई केही भए पनि राज्यको तर्फबाट कम गर्न राहत बोकेर घरमै पुगेको पौडेलले बताए । उनले परिवारका आफन्त गुमाउँदाको स्वाभाविक पीडा हुने भए पनि जीवन जिउनको लागि भुल्नुको अर्को विकल्प नभएको बताए ।

‘राहतले दुःखमा राज्यको अनुभूति दिलाउने काम मात्रै गर्छ,’ उनले भने,‘शोकलाई शक्तिमा बदल्नुपर्छ ।’ सोही अवसरमा रेसुंगा नगरपालिका-८ का वडाध्यक्ष भरत भलामीले गुल्मी सेवा समाज जापानमार्फत प्राप्त २ लाख २८ हजार ५ सय २८ रुपैयाँ पीडित परिवारलाई प्रदान गरेका थिए । सो रकम जापानमा रहेका ७२ जना गुल्मेलीहरूले संकलन गरेर पठाएका थिए ।

रकम हस्तान्तरण गर्दै भलामीले छिट्टै पहिरोले भत्किएको घरको पुनर्निमाणको काम गरिने जानकारी दिए । गत असोज ५ गते रातिको पहरोमा पुरिएर तिलक परियारका ३ छोरी १४ वर्षीया गंगा, जमुना र २१ वर्षीया भावना परियारको ज्यान गएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D