gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीका सिडियो निरौलाले पत्रकारसँग भने खराब कार्यलाई बाहिर ल्याउनुहोस्

अनिल खत्री
२९ कात्तिक, गुल्मी । गुल्मी । केहि दिन अघि सरुवा भई गुल्मी आएका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले पत्रकारलाई खराब कामको खबदारी गर्दै बाहिर ल्याउन आग्रह गरेका छन् । जिल्ला प्रसासन कार्यालयमा जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग राखिएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निरौलाले कुनै पनि खराब कार्यलाई बाहिर ल्याएर नागरिकलाई सु–सोचित बनाउन आग्रह गरे ।

कार्यालयबाट प्रदान गरिने कुनै पनि सुचनालाई सरल र सहज तरिकाले प्रदान गर्ने बताए । उनले जिल्लामा हाल लागु भएको राष्ट्रिय परिचय पत्रमा आफनो नाम दर्ता गर्न समेत आग्रह गरे ।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । परिचयपत्र बिवरण दर्ता संकलन गर्न नागरिता, बसाई सराइ गरेको हकमा बसाईसराइको सक्कल कागजपत्र आबश्यक पर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

प्रमुख जिल्ला अधिकारी निरौलाले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए । उनले प्रशासनिक कामको सुधारसँगै सेवाग्रहीलाई सेवामैत्री बातावरण तयारमा ध्यान दिने बताए ।

नागरिकलाई संधिानले प्रत्यभूत गरेका अधिकारहरुलाई सहज तरिकाले प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा मुख्य जोड दिने निरौलाको भनाई छ । भेटघाटमा पत्रकारले जिल्लामा बजार अनुगमन चाडपर्वमा मात्रै भएकाले त्यसलाई निरन्तर गरिरहनु पर्ने सुल्झाएका थिए ।

पत्रकारहरुले जिल्लामा सरकारी सवारी साधानहरु बिदाको दिन बिभिन्न भट्टी, बिवाह पार्टी लगायतका स्थानहरुमा भेटिने गरेकाले त्यसको निगरानी बढाउन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी निरौलाले पत्रकारले उठाएका बिषय बस्तुमा आफनो ध्यान जाने र आगामी दिनहरुमा सुझाव सल्लाह दिन समेत आग्रह गरेका थिए ।

गुल्मीमा रहेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको ०७६ कात्तिक १ गते जिल्लाबाट दाचुर्ला सरुवा पछि स्याङजाका प्रमुख जिल्ला अधिकारी निरौला गुल्मीको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका हुन् । कात्तिक १५ गते गुल्मी आएका प्रमुख जिल्ला अधिकारी निरौलाले १५ दिनपछि पत्रकारसँग भेटघाट गरेका हुन् । यस अघि गुल्मीका क्रियाशिल राजनितिक दलहरुसँग सुझाहरु लिएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D