Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीका सवारी चालकहरुलाई सचेतनामूलक कक्षा - Gulminews

गुल्मीका सवारी चालकहरुलाई सचेतनामूलक कक्षा

गुल्मी, १५ चैत
सवारी दुर्घटना न्यूनिकरण गर्न चालकहरुलाई सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । श्रम रोजगार तथा यातयात ब्याबस्था मन्त्रालय बुटवलको आयोजना र ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेश बुटवलको समन्वयमा चालकहरुलाई ट्राफिक नियम र दुर्घटना न्यूनिकरण सम्बन्धि विभिन्न बिषयमा जानकारी दिइएको थियो ।

कार्यक्रममा आयोजकको तर्फबाट मन्त्रालयका नीतिगत व्यावस्था र ट्राफिक नियमका बारेमा जानकारी दिइएको थियो । अन्तरक्रियामा सहभागीहरुले रुट प्रमिटको समस्या, प्राईभेट सवारीका कारण सार्वजनिक सवारीमा परेको प्रभाव, सवारी चालक अनुमति पत्र लगायतका बिषयमा गुनासो गरेका थिए । कार्यक्रममा ट्राफिक प्रहरी कार्यलय लुम्बिनी प्रदेश बुटवलका प्रहरी निरीक्षक मधु नेपाल र श्रम रोजगार तथा यातयात ब्यावस्था मन्त्रालय बुटवलका सचिव दिपक नेपालले चालकले उठाएका गुनासाहरुको संबोधन गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, प्रहरी नायव उपरिक्षक माधवराज खरेल, ट्राफिक प्रहरी निरिक्षक मधु नेपाल, यातयात समितिका पदाधिकारी र सार्वजनिक सवारीका चालकहरुको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D