gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीका सडकमा एक अर्ब खर्च गर्दा परिणाम न्यून (हेर्नुस् कहाँ कती खर्च भयो?)

हुमाकान्त पोखरेल
गुल्मी, १५ भदौ । इस्मा गुर्बादेखि हस्तिचौर स्वास्थ्य चौकीसम्मको करिब चार किलोमिटर सडक बनाउन गाउँपालिकाले आ.व. ०७५÷७६ मा तीन लाख बजेट छुट्यायो । गुर्बादेखि देउरालीमुनिसम्म करिब एक किलोमिटर सडक खनियो । अर्को बर्ष गाउँपालिकाले पाँच लाख बिनियोजन ग¥यो । यस वर्ष स्वास्थ्यचौकी देखि ताप्केचौरसम्म सडक खनियो । ताप्केचौरदेखि देउराली मुनिसम्म सडक जोड्न बाँकी थियो । बीचमा ढुङ्गाको पहरो छिचोलेर बाटो खन्न गाउँपालिकाको बजेटले नभ्याउने भएपछि ०७७÷७८ मा गाउँपालिकाले यस कामका लागि बजेट राखेन । अहिले योजना सम्पन्न गर्न गाउँपालिकाले प्रदेशसँग बजेट मागेको छ । वडाध्यक्ष चुरा बहादुर खत्रीका अनुसार प्रदेश सरकारले यस सडकका लागि बजेट छुट्याएको छैन ।

सडक खन्न ढिला भएकाले एकातर्फ सरकारको लगानी बालुवामा पानी सरह भएको छ भने अर्कोतर्फ गुर्बासम्म गाडी पुग्न पाएन । सडकका कारण राजकुमार नेपालीको घर जोखिममा परेको छ । इस्माकै झरना–हर्पुकोट मोटरबाटोको ट्र्याक खोलेको दशौँ बर्ष भइसक्दासमेत त्यसको स्तरोन्नती भएको छैन ।
मुसिकोट नगरपालिका –४ को वडा कार्यालयबाट नगरपालिका जोड्ने नयाँ सडक आ.व. ०७६÷७७ मा खन्न थालियो । १० किलोमिटर सडकको लागि १० लाख बिनियोजन भयो । वडा नम्बर ४ को हलोगाडेबाट खन्न सुरु भएको सडक क्वाटी नपुग्दै रोकियो । सडकले गर्दा १२ वटा घर जोखिममा र तीन वटा घर उच्च जोखिममा परेपछिसडक खन्ने काम बन्द गराएको बिमल छन्त्यालले बताए । अर्काे सडक हुँदाहुँदै जबरजस्ती सडक खनिएकोले आफुहरु काम बन्द गराउन बाध्य भएको उनले बताए । सडक बनाइसक्न गत बर्ष नगरपालिकाले बिनियोजन गरेको सात लाख रुपैयाँ खर्च भएन ।

रेसुङ्गा नगरपालिकाको गड्जुरा–बाँझपोखरी–पधेलीपोखरा हुँदै गाउँकाधारा जोड्ने करिब चार किलोमिटर सडक खन्न ०५५÷५६ सालमा सुरु भएको थियो । उक्त सडक मर्मतका लागि अहिले पैसा छुट्याइँदैछ । गत आर्थिक बर्षमा नगरपालिकाबाट ५० लाख बजेट बिनियोजन भयो । उक्त रकमले पर्खाल र नाली बनाउने लगायतका काम गर्नुपर्ने थियो । सडकमा अहिलेसम्म आधा मात्र काम भएको छ । स्थानीय बासिन्दा चक्र केसीका अनुसार, सडकमा पानी बगाउने नाला नहुँदा समस्या भएको छ ।

स्थानीय तहको चुनाव भइसकेपछि खनेका र बर्षौ पुराना सडक मर्मत नहुँदा समस्या भइरहेको छ । मालिका गाउँपालिका –७ घमिर सिलादी देखि भानुपोखरा हुँदै गाउँपालिका केन्द्र अर्खबाङ्ग पुग्ने सडकको ट्र्याक खोलेको २२ बर्ष भयो । सिलादीदेखि भानुपोखरासम्मको सडक केही फराकिलो बनाइएको छ । तर भानुपोखरादेखि अर्खबाङ्गसम्मको सडक फराकिलो पनि बनाइएको छैन । सिलादीदेखि भानुपोखरासम्मको सडक पनि बर्षायाममा हिलाम्मे हुँदा समस्या भएको छ । ‘निर्वाचनमा धेरैपटक भोट माग्न आए, तर भोट मागेअनुसारको काम गरेनन्,’ घमिरका स्थानीय सञ्चारकर्मी मनोज कार्कीले भने, ‘बाटो फराकिलो बनाउने हुँदा हिलाम्मे भएर समस्या थपिएको छ ।’ सडक राम्रो नभएकाले बिरामी अस्पतालसम्म लैजान समस्या भएको उनले बताए ।
जिल्लामा उपयोगबिहिन नयाँ ट्र्याक धेरै छन । स्थानीय तहको निर्वाचन भइसकेपछि जनप्रतिनिधिहरुले सडक बनाउने कामलाई प्राथमिकता दिए । सडकका लागि अत्याधिक बजेट छुट्याइयो ।

आर्थिक बर्ष ०७४÷७५ देखि आ.व. ०७७÷७८ सम्ममा गुल्मीका १२ वटा पालिकाले सडक बनाउन एक अर्ब १९ करोड एक लाख ५२ हजार ९४७ खर्च गरी एक लाख ६३ हजार ५५३.२४ किलोमिटर कच्ची सडक बनाउन, मर्मत गर्न तथा १४ किलोमिटर सडक पक्की गर्न खर्च गरिएको छ ।

मदाने गाउँपालिकाले विगत चार आर्थिक बर्षमा ११ करोड ८४ लाख ८५ हजार रकम सडकमा खर्च गरेको छ । १६० वटा योजनाबाट कच्ची र मर्मत गरी ९६ हजार ५४५ किलोमिटर सडक खनेको छ । १५.५ किलोमिटर सडक ग्राभेल गरिएको सुचना अधिकारी ऋषि पोखरेलले बताए । रुरुक्षेत्र गाउँपालिकाले चार बर्षमा सडकमा ३९ करोड १० लाख खर्च गरेको छ । उक्त रकमबाट ४२.७८ किलोमिटर सडक नयाँ खनिएको छ भने १४८ मिटर सडक कालोपोत्रे गरिएको सुचना अधिकारी इश्वरी न्यौपानेले बताए ।

मुसिकोट नगरपालिकाले आ.व. ०७४÷७५ देखि ०७६÷७७ सम्म तीन बर्षमा सात करोड ३८ लाख चार हजार रकम ससबाट ६५ हजार ६३ (चेक गर्नुहोला) किलोमिटर सडक मर्मत गरेको छ । दुई हजार सात सय मिटर सडक ग्राभेल गरेको छ । गुल्मीदरबार गाउँपालिकाले ०७४÷७५ देखि तीन बर्षमा चार करोड ८२ लाख ८५ हजार सडकमा खर्चेको छ । यसबाट ११.१२ किलोमिटर नयाँ सडक खनेको छ भने १६.९८ किलोमिटर सडक मर्मत गरेको छ ।

रेसुङ्गा नगरपालिकाले ०७४÷७५ देखि देखि चार बर्षमा १० करोड ६९ लाख रकम सडकमा खर्च गरेको छ । यस रकमबाट १२५.४४ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ । ४८.९३ किलोमिटर सडक ग्राभेल गरिएको छ भने १३.८६ किलोमिटर सडक कालोपोत्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । साथै एक हजार ३७२ किलोमिटर सडकको नाली बनाइएको छ । त्यसबाहेक प्रत्येक वडालाई वडाका सडक सरसफाईको लागि ५०÷५० लाखका दरले पनि बिनियोजन गर्ने गरेको मरासिनीले बताए ।

सत्यवती गाउँपालिकाले विगत चार बर्षमा एक करोड ८७ लाख रकम खर्चिएको छ । यसबाट ६.७ किलोमिटर सडक नयाँ खनेको छ भने १.५ किलोमिटर सडक मर्मत गरिएको छ । मालिका गाउँपालिकाले चार बर्षमा १४ करोड ८३ लाख १० हजार ७९० सडकको क्षेत्रमा खर्चिएको छ । उक्त रकमबाट ९५.५ किलोमिटर सडक नयाँ खनिएको छ । २५९ किलोमिटर मर्मत गरिएको छ र ३.८ किलोमिटर सडक ग्राभेल गरिएको सुचना अधिकारी जगत पौडेलले जानकारी दिए ।

चन्द्रकोट गाउँपालिकाले सडकमा हालसम्म सात करोड ३० लाख १५ हजार रुपैयाँ खर्च गरेको छ । छत्रकोट गाउँपालिकाले दुई करोड ३० लाख ६० हजार रकम खर्च गरेको छ । यसबाट २१.३२ किलोमिटर नयाँ सडक खनेको छ भने १३.४८ सडक मर्मत गरेको छ । कालिगण्डकी गाउँपालिकाले हालसम्म १० करोड ६१ लाख ४८ हजार खर्चिएको छ जसबाट ८३.५२ किलोमिटर नयाँ सडक खनिएको छ भने २२ किलोमिटर सडक मर्मत गरिएको गाउँपालिकाले जनाएको छ । धुर्कोट गाउँपालिकाले हालसम्म आठ करोड २४ लाख ४५ हजार १५७ रुपैँया सडकको क्षेत्रमा खर्च गरेको छ जसबाट ६१ किलोमिटर नयाँ सडक खनिएको छ । १३८.५ किलोमिटर सडक स्तरोन्नती गरेको र १.८३ किलोमिटर सडक ग्राभेल गरेको सुचना अधिकारी गिरीराज अर्यालले जानकारी दिए ।

गाडी बिग्रने समस्या: यातायात व्यवसायी

नयाँ खनेका सडक अधिकाशं समय बन्द हुन्छन् । सडकको अवस्था राम्रो नहुँदा गाडी चालक तथा यातायात व्यवसायीले समेत समस्या भोगेका छन् । ‘बर्षायाममा धेरै खाल्डाखुल्डी पर्ने हुँदा गाडीमा थुप्रै समस्या देखापर्छ ।’ गुल्मी यातायात व्यवसायी संघका महासचिव हिमाल कुँवरले भने, ‘बाध्य भएर मात्र सवारी चलाएका छौ ।’ बाटोमा यात्रु अलपत्र पर्ने र यातयात संचालनसँग थुप्रैको जिविकोपार्जन जोडिएको हुनाले मात्र आफुले गाडी चलाएको उनले बताए ।

गाडी टुटफुट हुने, पट्टा तथा बेरिङ भाँचिने लगायतका समस्या देखा पर्ने उनले बताए । एउटा पट्टा बिग्रँदा मात्रै चार हजार पाँच सय खर्च हुने उनले बताए । गुल्मी यातायात व्यवसायी संघका कार्यालय प्रमुख डोल बहादुर कुँवरले बिग्रेको सडकमा जबरजस्ति गाडी चलाउँदा दुर्घटनाको जोखिम समेत बढेको बताए ।

वातावरणमा नकारात्मक असर

जिल्ला बन कार्यालय, गुल्मीका प्रमुख प्रभात सापकोटाले जथाभावि सडक खन्दा वातावरणीय सन्तुलन बिग्रन सक्ने बताए । उपभोक्ता र डोजर चालकले बाटोको नक्शा बनाउने हुँदा समस्या थपिएको उनले बताए । ‘वातावरणीय प्रभाव मुल्यांकन नगरिकन सडक खन्दा बाढी, पहिरो जस्ता समस्या देखिएका छन् ।’ सापकोटाले भने, ‘पछिल्लो समयमा देखिएका प्राकृतिक समस्याको एउटा कारण जथाभावि डोजर चलाउनु हो ।’
अहिले ग्रामीण भेगमा खनिएका अधिकाशं सडक बिना आइई (माथि वातावरणीय प्रभाव मूल्यांकन भन्नुभयो यहाँ आइई भन्नुभयो । यी दुईवटा कुरा अलग हुन् । के चाहिँ हो सो कुरा सोधेर एउटै लेखिदिनुहोला) खनिएकोले अबदेखि इन्जिनियरको सल्लाहमा मात्रै सडक खन्न सुझाव दिए । यसो गरेमा नोक्सानी घट्ने उनले बताए ।

जिल्लामा खनिएका धेरै सडक मापदण्डअनुसारका छैनन् । कतिपय ठाउँमा सडकको ट्र्याक नै फेरिएको छ । थोरैथोरै बजेट धेरै ठाउँमा लगानी गर्न खोज्दा सडकको गुणस्तर बिग्रिएको रेसुङ्गा नगरपालिकाका सब–इन्जिनियर चक्र केसीले बताए । ‘धेरै सडकका घुम्ति र ग्रेड मिलेका छैनन ।’ उनले भने, ‘भिरालो भू–बनोट र कम बजेटले पनि समस्या परेको हो ।’ पहुँचका आधारमा योजना तन्ने काम भएकोले पनि पहिलेदेखिका सडक पनि कम प्राथमिकतामा परेको केसीले बताए । सडक बनाएपछि नाली नबनाउदाँ वा नाली कच्ची हुँदा समस्या परेको उनको भनाई छ ।

बजेट र चेतनास्तर कम छ: पालिका

रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी पन्थले बर्षायाममा पहिरो जाने समस्याले गर्दा ग्रामीण भेगका सडकहरु १२ महिना संचालनमा कठिनाई रहेको बताइन् । बिग्रेका सडकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदार परिचालन गरी मर्मत गरेको उनले बताइन् । ‘राम्रो सडक बनाउन पालिकाको बजेटले मात्र पुग्दैन, केन्द्र र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले भनिन् ।

मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले कतिपय उपभोक्ता र उपभोक्ता समितिले ठेकेदारले जस्तै गरी योजनाको दायित्व नलिदा र नागरिकमा चेतनास्तर कम हुँदा सडक संचालनमा समस्या रहेको बताए । ‘सडकमा सानो समस्या देखा पर्दा समेत राज्यकै मुख ताकेर बस्ने चलन छ ।’ उनले भने, ‘नागरिकहरुले थाहा नभएर वा थाहा नभएझै गरेर सडकमा जथाभावी पानी खसाल्दा समस्या भएको छ ।’
तस्वीर ः गुल्मीको गुल्मीदरबार गाउँपालिकाको गौडाकोटदेखि मजुवा जाने सडकको सुपादेउराली मन्दिरनजिकै गएको पहिरो । अहिले पहिरो हटाएर बाटो सुचारु गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D