gulminews logo
मंगलवार, २०८१ बैशाख ४

गुल्मीका संक्रमित शिक्षक, बुटवल पुग्नु पहिले गाउँमै र अर्घाखाँचीको एक मेडिकलमा जँचाएको खुलासा

काठमाडौं, जेष्ठ ५ । गुल्मीका कोरोना संक्रमित युवा गाउँकै स्थानिय मेडिकल र अर्घाखाँचीको मेडिकल हुँदै बुटवलको क्रिमशन हस्पिटलमा चेकजाँच तथा उपचार गराएको खुलेको छ ।

पेशाले शिक्षक रहेका मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय ति युवाले शुरुमा श्वासप्रश्वासमा समस्या देखिएपछी स्थानीय मेडिकलमा परीक्षण गराएको र त्यहाँबाट अर्घाखाँचीस्थित छायाँ मेडिकल हलमा पनि परीक्षण गराएको ईकान्तिपुर डट कमले समाचार छापेको छ । अर्घाखाँची पस्चात उनी बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएको बताईएको छ ।

जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

दमको रोगी समेत रहेका ति युवालाई हाल थप उपचारको लागि भैरहवास्थित भीम अस्पताल लगिएको छ भने क्रिमसन हस्पिटल सिल गरिएको छ ।

स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो । त्यहाँ भारत र तेस्रो मुलुकबाट आउनेको ज्वरो र स्वास्थ्य परीक्षण गर्ने गरिएको पनि ईकान्तिपुर डट कमले समाचारमा जनाएको छ । संक्रमण देखिएका उनको जेठ २ मा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D