gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका शिक्षकलाई कसरी लाग्यो कोरोना ? यस्तो छ नालीबेली

हुमाकान्त पोखरेल
गुल्मी, ०८ जेठ । गुल्मीमा एकजनालाई कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएसँगै जिल्लामा त्रास फैलिएको छ । जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित एक विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा त्रास फैलिएको हो । तर उनलाई कसरी कोरोना पुष्टि भयो भन्नेबारे भने सबै अनविज्ञ छन् । गाउँमा भारतबाट केहि नागरिक आएका थिए । तर उनीहरु घर आएको ५० दिनभन्दा बढी भइसकेको छ । भने सुरुमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए ।

कोरोना संक्रमित शिक्षक गाउँका समाजसेवी समेत हुन् । उनको घरमा भाडामा बस्ने बंैकका कर्मचारी ओव बहादुर डाकीँका अनुसार उनी वैशाख ४ गते मालिका गाउँपालिका ६ अर्जैमा विवाहमा गएका थिए । अन्य समयमा गाउँमा सामान्य हिडड्डुल गर्ने, घरको काम गर्ने गर्दथे । वैशाखको १९ गते तम्घास पुतलिबजार बस्ने एकजना पाहुना उनको घर गए । उक्त पाहुनाको ससुराल म्यालपोखरी हो । कम्युटरसम्बन्धि ज्ञान भएका उनी कक्षा ८ को रिजल्ट कम्युटरमा डिजाइन गर्नको लागि उक्त शिक्षकको घरमा पुगेको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले बताए । सोहि रात दुईजना सँगै बसेर खाना खाएका थिए भने २० गते दुवैजना धुर्कोट गाउँपालिका ७ वाग्लास्थित मानचौर तालमा घुम्न गएको पोखरेलले बताए । ति पाहुना फिर्ता भइसकेपछि उनले घरमै बस्ने, दराज बनाउने, घर डेकोरेसन गर्ने, गाउँमा सामान्य हिडड्डुल गर्ने लगायतका कार्य गरेका थिए । तर कोहि पन संकास्पद मानिसहरुसँग भने भेटघाट नभएको पारिवारिक स्रोतले जनाएको छ ।

वैशाख २८ गते साँझ उनले हल्का टाउनको दुखेको परिवारलाई सुनाए । २९ गते उनी पुर्कोटस्थित एक पोलिक्लिनिकमा पुगे । शिक्षकले टाउको दुखेको, खाना मिठो नहुने र शरिर सामान्य कमजोरी भएको समस्या लिएर क्लिनिक पुगेको क्लिनिक संचालक विष्णु भुसालले बताए । त्यसपछि दुई दिनलाई पुग्ने औषधी दिएपनि ३१ गते पुन क्लिनिकमा बोलाएर रगत जाँच गरियो । जन्डिस देखिएपछि क्लिनिकले अर्घाखाँचीको सन्धिखर्क रिफर ग¥यो । सन्धिखर्कस्थित छाँया पोलिक्लिनिकमा पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि बुटबलस्थित क्रिम्सन अस्पताल रिफर गरिएको भुसालले बताए । त्यतिबेलासम्म उनलाई टाइफाइड, जन्डिस र मृगौलाको समस्या देखिएको थियो । सन्धिखर्कसम्म एकजना साथिको सहयोगमा मोटरसाइकलमा गएका उनी सन्धिखर्कदेखि बुटबलसम्म भने एम्बुलेन्समा पुगेका थिए ।

स्वाव संकलनमा त्रुटि, कोरोनाबारे आशंका कायमै

संक्रमित भनिएका शिक्षकलाई कोरोना लागेको हो वा होइन भन्नेबारे अन्योल छ । क्रिम्सन अस्पतालमा जेठ २ गते स्वाब लिने बेला मर्चुवाका एपेन्डिसको उपचार गरेका बिरामी पनि सँगै रहेका थिए । अस्पतालले गुल्मीका शिक्षक र मर्चुवाका बिरामीको स्वाव लियो । तर कुन स्वाव कुन बिरामीको हो भन्ने कुनै खुलाएन । स्वाब लगेको २ दिनपछि भैरहवाबाट फारमको लागि मेल आयो । अस्पतालले बल्ल फारम भरेको मेल पठायो । ५ गते दुईमध्ये एक जनाको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अस्पतालले गुल्मीका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक ग¥यो । तर स्वाब साटफेर भएको हुनसक्ने आफन्तले अनुमान गरेका छन् ।

स्वाव पुन संकलन गरियो

गुल्मीका शिक्षकलाई मस्तिष्कसम्बन्धि पनि उपचार गरिएको थियो । क्लिनिकका संचालक भुसालका अनुसार त्यसरी उपचार गर्दा ढाडबाट पानी निकाल्नुपर्छ । पानी निकाल्दा उनको अवस्था गम्भिर भयो र पछि अस्पतालले उनलाई नै कोरोना पुष्टि भएको भ्रामक रिपोर्ट निकालेको भुसालले बताए । बुधबार विभिन्न सञ्चार माध्यममा उनको मृत्यु भएको भ्रामक समाचार आएपछि बिहान ११ बजे अस्पतालले आफन्तलाई भेट्न दिएको थियो । स्वाब संकलनमा त्रुटि भएपछि उनका आफन्त र नागरिक समाजले समेत पुन ः स्वाब परिक्षणको लागि दबाव दिएका थिए । अन्तत ः बुधबार अस्पतालले स्वाब लिएको एक आफन्तलाई उदृत गर्दै पुर्कोटका क्लिनिक संचालक भुसालले बताए । तर अस्पतालमा कोरोना संक्रमण भनेपछि उपचार नपाएकोले अवस्था झन गम्भिर हुँदै गएको उनले बताए ।

३० जनाको स्वाव संकलन, १५० भन्दा बढी सम्पर्कमा

शिक्षकमा कोरोना भेटिएसँगै मदाने गाउँपालिका पूर्णरुपमा शिल गरिएको छ । जेठ १ गतेभन्दा अगाडी उक्त शिक्षकसँग ३५ जना प्रत्यक्ष सम्पर्कमा जोडिएका छन् । भने १५० जना अप्रत्यक्ष रुपमा भेटघाट भएका छन् । ३५ जनमध्ये पाचँजना सुरक्षित होम क्वारेन्टाइनमा रहेकोले स्वाव लिइएको छैन । भने बाँकि ३० जनाको कोरोना जाचँको लागि स्वाव लिइएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले बताए । जसमध्ये परिवारका सबै सदस्य, पोलिक्लिनिकका सम्पूर्ण कर्मचारी, कृषि विकास बैंकका कर्मचारी लगायतको स्वाब लिइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D