gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीका शक्ती पिठहरुमा भक्तजनको बाक्लो उपस्थिती (फोटोहरु सहित)

अनिल खत्री
२८ असोज, गुल्मी । बडादशैंको नवौं दिन आज बिभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अबसरमा गुल्मीका बिभिन्न देवालयमा पूजाआज तथा बिभिन्न मेडाहरुको बली दिएर मनाएका छन् ।

गतवर्ष भन्दा यसवर्षको वडादशैंको अबसरमा मन्दिर तथा शक्ति पिठहरुमा भत्तजनको बाक्लो उपस्थिती देखियो । यसवर्ष कोरोना महामारी कारण लगाइएको निशेषधाज्ञामा केहि सहज भएकाले पनि मन्दिरहरुमा भत्तजनको उलेख्य उपस्थितीमा महानवमी मनाइएको छ ।

नवमीको अबसरमा गुल्मी स्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, चोयगा, चन्द्रकोट, अर्जुन भगवती मन्दीर, तम्घास मन्दिर, तुराङको चण्डिथान, रुपाकोट लगायतका स्थानका दुर्गा मन्दिरहरुमा पूजा गर्नेहरुको ठुलो भिड लाग्ने गर्दछ । जुन मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता पनि रहेको छ ।

महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन् । देवतालाई बली दिएर मनको आकांक्ष पुरा हुने बिश्वासका साथ बली दिने गर्दछन् ।

कतिपय शाकाहारीहरुले कुभिण्डो, काँक्रा, मुला जस्ता तरकारीहरु पनि चढाउने प्रचलन रहि आएको छ । बली दिएसँगै देवता खुसी हुने र आफुले मनले आँटेका चिताएको कुरा पुरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ ।

परिवारको शुखशान्तीको कामनामा बली दिने गर्दछन् । गुल्मीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा वली दिनेहरु पुगेका थिए ।

काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु चहलपहल बढेको छ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा चहलपहल बढने गदछ ।

यो पनि पढ्नुस्: दशैंको टिका लगाउँदा कुन दिशा फर्केर लगाउनु उत्तम ?

हिन्दुहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने बिजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाईन्छ । दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ ।
यस वर्ष सराय नाच देखाउन नपाइने

गुल्मीमा दशैंको अवसरमा देखाइने सराय नाचमा यस वर्ष प्रतिबन्ध लगाइने भएको छ । जिल्लामा दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म सराय नाच देखाउने गरिन्छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले दशैंको अवसरमा गरिने सराय नाचलाई यस वर्ष रोक लगाइउको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । तरवार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ ।

गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ । भलै कोरोनाको कारण यसपाली जिल्लामा सराँय नाच्न भने गुल्मी प्रशासनले निषेध गरेको जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D