गुल्मीका विद्यार्थीलाई न्यानो टोपी

रमेश विश्वकर्मा
गुल्मी, पुस २८ । प्राय: पुस-माघ महिना अत्यधिक चिसो हुने महिना हो । यो समयमा चिसोको कारण मानिसहरुको जनजीवन निकै नै कष्टकर रुपमा बित्ने गरेको देखिन्छ । त्यसैमा पनि चिसोले त झन् साना-साना विद्यार्थीहरुलाई निकै नै प्रभावित पारीरहेको हुन्छ ।

चिसोको कारण विद्यार्थीलाई विद्यालयमा जान निकै नै कष्ट हुने गरेको छ । कतिपय विद्यार्थीहरु त चिसोले गर्दा विद्यालय नै जाँदैनन् । चिसोले विद्यार्थीहरुको पढाईमा पनि निकै नै असर पारेको देखिन्छ ।

त्यही चिसोबाट विद्यार्थीहरुलाई जोगाउनको लागि गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित रहेको रेसुङ्गा माध्यमिक विद्यालयमा साना-साना विद्यार्थीहरुलाई न्यानो टोपी वितरण गरिएको छ ।

सोही विद्यालयका पुर्व विद्यार्थी तथा रुडेक नेपालका कार्यक्रम व्यवस्थापक रमेश जङ्ग कुँवरको पहलमा १ सय २८ जना विद्यार्थीलाई गुल्मी युनाइटेड युवा क्लबले एक कार्यक्रमको आयोजना गरि उक्त टोपी वितरण गरेको हो । प्ले ग्रूप देखि कक्षा ६ सम्म पढ्ने गरिव, दलित र विपन्न परिवारका विद्यार्थीलाई उक्त टोपी वितरण गरिएको कुरा गुल्मी युनाइटेड युवा क्लबका अध्यक्ष डोल बहादुर कुँवरले जानकारी दिए ।

सनराईज चिल्ड्रेन्स एसोसिएसन इन्क अस्ट्रेलिया र रुडेक नेपालको सहयोगमा न्यानो टोपी विद्यार्थीहरुलाई वितरण गरिएको हो । यसरी टाउकोमा न्यानो टोपी लगाउन पाउँदा विद्यार्थीहरु अत्यन्तै हर्षित भएर एक आपसमा खुसी साटासाट गरेका थिए ।

रेसुङ्गा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय बहादुर थापाले यो संस्थाले गरेको सहयोग उल्लेखनीय रहेको बताए । उनले वडाको कार्यक्रममा पनि यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने बताउँदै भने-‘सामाजिक संघसंस्थाले गरेको यस्तो कार्यलाई वडाले स्वागत गरेको छ ।’ उनले विद्यालयलाई वडाबाट हुने कुनै पनि कुरा बाँकि नराखेको भन्दै शिक्षामा जहिले पनि कटिबद्ध भएर लाग्ने बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारीले विद्यालयका गरिव, दलित तथा विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरेकोमा सनराईज चिल्ड्रेन्स एसोसिएसन इन्क अस्ट्रेलिया र रुडेक नेपाल प्रति हार्दिक आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्तै अन्य कार्यक्रमहरु विद्यालयमा लिएर आउन आग्रह गर्दै भने- ‘यो संस्थाले यस विद्यालयमा सहयोगको सुरुवात गरेको छ।’

न्यानो टोपी वितरण कार्यक्रममा समाजसेवी तथा पुर्व शिक्षक अमृतादेवी कुँवर, वडा अध्यक्ष उदय बहादुर थापा, वडा सदस्यहरु : गंगा थापा, कृष्ण बहादुर थापा, गुल्मी युनाइटेड युवा क्लबका अध्यक्ष डोल बहादुर कुँवर, पुर्व अध्यक्ष उत्तम बहादुर कुँवर (हिमाल), सचिव सन्तोष थापा, क्लबका सल्लाहकार शिव बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ