गुल्मीका रायमाझीको कुल पुजामा सहयोग जुट्यो, आशा अपाङ्ग केन्द्रलाई हस्तान्तरण

कौरव खत्री
गुल्मी, २० मंसिर । गुल्मीका रायमाझी दाजुभाईहरुले आशा अपाङ्ग केन्द्र गुल्मीलाई आर्थिक सहयोग गरेका छन् । बिहिवार वामीमा सम्पन्न रायमाझीहरुको १ सय ८६ औ कुल पुजाको अवसरमा मुसिकोट नगरपालिका ७ निवासी कर्ण बहादुर रायमाझीबाट १ हजार १ सय रुपैँया, फन बहादुर रायमाझीबाट १ हजार रुपैँया, महेन्द्र रायमाझीबाट ३ हजार रुपैँया, चुरा बहादुर रायमाझीबाट ३ हजार २ सय रुपैँया र रेशम रायमाझीबाट २ हजार रुपैँया सहयोग संकलन भएको थियो ।

त्यस्तै सुवेदार रण बहादुर रायमाझीबाट १ हजार रुपैँया, दिर्घ बहादुर रायमाझीबाट ५ सय ५ रुपैया, मिठु केसीबाट १ हजार १ सय रुपैँया र सिता थापाबाट ५ सय ५ रुपैया गरि जम्मा १३ हजार ४ सय १० रुपैया सहयोग आशा अपाङ्ग केन्द्र गुल्मीकी प्रमुख गंगा रायमाझीलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै आशा अपाङ्ग केन्द्र गुल्मीकी प्रमुख गंगा रायमाझीले सबै रायमाझी दाजभाई एवं शुभचिन्तक र सहयोगीलाई धन्यवाद दिइन् । कार्यक्रम सुवेदार रण बहादुर रायमाझीको अध्यक्षता रायमाझी कुल देवताका केन्द्रीय सदस्य फन बहादुर रायमाझीको प्रमुख आतिथ्यता एवं कार्यक्रमको सञ्चालन भने गोपाल रायमाझी र रायमाझी र डिल बहादुर रायमाझीले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ