gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीका यि दुई जना जो पटक पटक एउटै पदमा २५ वर्ष देखी एक अर्काका प्रतिस्पर्धी छन्

अनिल खत्री
गुल्मी, २७ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिस्पर्धी उम्मेदवार बनेका छन् । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बिच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिस्पर्धा हुदै आएको हो ।

तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागी २०५४ सालमा सम्पन्न स्थानिय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो । त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसाल बिच प्रतिस्पर्धा भएको थियो ।

०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा भने एमालेका भुसाल निर्वाचत भएका थिए । अहिले फेरि एउटै पदमा प्रदेश सभा निर्वाचनमा भुसाल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा हुँदैछ । यसरी पटकपटक एउटै पदमा एउटै प्रतिस्पर्धी हुँदै आएका छन् ।

दुबै जना रेसुङ्गा नगरपालिका वडानम्बर–१ निवासी हुन् । यसपटक कांग्रेसले गठबन्धन गरेको छ भने एमाले उक्त क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धामा छ । २०४९ सालदेखि स्थानीय निकायमा जनप्रतिनिधी भएका काम गरेका श्रेष्ठ र ०७४ सालमा नगरप्रमुख भएर काम गरेका भुसाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

दुबै उम्मेदवारको जनप्रतिनिधि भएर काम गरेको अनुभव रहेको छ । दुबै उम्मेदवार आफ्ना चुनावी प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D