गुल्मीका म्यादीलाई ट्राफिक नियम प्रर्शिक्षण, बढदो दुर्घटना रोकौं

अनिल खत्री
गुल्मी । गुल्मीका ट्राफिक प्रमुख प्रहरी सहायक निरिक्षक डोरबहादुर थापाले म्यादी प्रहरीलाई प्रर्शिक्षण दिँदै दुर्घटना न्यूनिकरणमा सबैले सहयोग गनुपर्ने बेलाएको बताए । बिहिवार सदरमुकाम तम्घासको चिदिचौरमा आगामी मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको लागी सुरक्षार्थ तालिक लिदै गरेका म्यादीसँगको अन्र्तक्रियामा थापाले बढदो दुर्घटना न्यूनिकरणमा सबैको ध्यान जान महत्वपूर्ण रहेको बताए ।

थापाले म्यादी प्रहरीलाई ट्राफिक नियम बारे जानकारी गराउँदै आगामी दिनमा दुर्घटना न्यूनिकरण सवारीमा यात्रा गर्ने यात्रु पनि सजकहुनुपर्ने जरुरी रहेको बताए । सवारी साधनमा यात्रा गर्दा सवारीको अबस्था कस्तो छ भनेर ध्यान दिनुजरुरी छ उनले भने ‘यात्रा गर्नु छ भनेर जवजस्ती यात्रा नगरौ ।’

बढदो दुर्घटना न्यूनिकरण गर्न यात्रु पनि सजक हुनु जरुरी छ । सवारी चालकले सवारी चलाउदा मदिरा सेवन गरेका फेला पारे तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरे । म्यादी प्रहरी पछी तपाईहरु समाजको एउटा जानकार ब्यक्ति पनि हो उनले भने ‘समाजमा ट्राफिक नियमसँगै दुर्घटना न्यूनिकरणमा सचेतना फैलाउन जरुरी छ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ