गुल्मीका मेयर सापकोटा दुई वडाध्यक्ष सहित जापान भ्रमणमा निस्के

सन्तोष महतारा
गुल्मी, भदौ ०६ । जिल्लाको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा आफ्न २ वडाध्यक्ष सहित विदेश भ्रमणमा निस्केका छन् । नगरप्रमुख सापकोटासहित वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले र वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटा १५ दिने जापन भ्रमणमा निस्कृका हुन् ।
उनीहरु शुक्रबार दिउँसो जापान भ्रमणमा लागेका हुन् । वामी सेवा समिति जापान लगायतका जापानमा रहेका संघ्सँस्थाको निमन्त्रणमा उनी जापान भ्रमणमा निस्केको नगरप्रमुख सापकोटाले जानकारी दिए ।
उनका अनुसार त्यहाँ स्थित मुसिकोटवासीहरुसँग आगामी भदौ १० गते अन्तक्रिया कार्यक्रम रहने छ । भ्रमणमा जे जति खर्च लाग्छ, त्यो खर्च जापानमा रहेका मुसिकोटवासी लगायतको हुने नगरप्रमुख सापकोटाको प्रतिक्रिया छ ।
उनको जापान भ्रमण १५ दिनको रहने छ । मुसिकोटको विकासका बारेमा पनि जापानमा रहेका सम्पूर्ण नेपाली तथा मुसिकोटवासीसँग छलफल गरिने पनि बताइएको छ । दुई जना वडाध्यक्ष सहित नगरपालिका प्रमुख नै १५ दिन सम्म भ्रमणमा जाँदा नगरपालिकाको दैनिक कार्यसन्चालन भने प्रभावित हुनेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ