gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीका बिभिन्न स्थानिय निकायमा नेकपा एमालेको गाउँ-नगर अधिवेशन सम्पन्न, हेरौँ कहाँ कस्को नेतृत्व ?

गुल्मीन्युज
गुल्मी, कार्तिक १० । नेकपा एमाले गुल्मीको बिभिन्न स्थानिय निकायहरुमा प्रथम गाउँ-नगर अधिवेशन सम्पन्न भएका छन् । जिल्लाको चन्द्रकोट गाँउपालिकाको गाउँअधिवेशनले धातानन्द शर्माको अध्यक्षतामा ७५ सदस्यीय गाउॅ कमिटी, ११ सदस्यीय कार्यालय सञ्चालन समीति र १८ सदस्यीय सचिवालय समीति गठन गरेको छ । पुर्व गाउँकमिटी अध्यक्ष रहेका शर्मा पुनः अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै कमिटीको उपाध्यक्षमा चन्द्रकोट गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी राधिका अर्याल, सचिवमा प्रेमनारायण पराजुली र उप-सचिवमाद्वयमा शिद्ध बहादुर थापा र जानकी गैरे निर्वाचित भएका छन् ।

अधिबेशनको बन्दशत्रमा संघीय सांसद मैना भण्डारीको प्रमुख आथित्यता र तुल्सीलाल स्मृति प्रतिष्ठान अध्यक्ष एवं एमाले पुर्व केन्द्रीय सदस्य हिम बहादुर केसी, जिल्ला समन्वय समीति गुल्मीका सदस्य तथा नेकपा एमाले चन्द्रकोट गाउँपालिकाका इन्चार्ज चेतन वस्नेत, प्रदेश कमिटी सदस्य गिरीराज शर्मा, गुल्मी-रुपन्देही सम्पर्क मञ्चका प्रतिनिधि घनश्याम गौतम, जिल्ला समन्वय समीति गुल्मीकी सदस्य रमा पुन र चन्द्रकोट गाउँपलिका उपाध्यक्ष राधिका अर्याल लगायतको विशिष्ट आथित्यता रहेको थियो ।

उता नेकपा एमाले सत्यवती गाउँपालिकाको प्रथम अधिबेशन गुल्मीको खैरेनीमा सम्पन्न भएको छ । अधिबेशनले वडा नं. १ का वडाध्यक्ष समेत रहेका भिमलाल पाण्डेलाई गाउँ कमिटीको अध्यक्ष चयन गरेको छ । ५३ सदस्यिय कमिटीको उपाध्यक्षमा सोभा भण्डारी, सचिबमा डिल्लीराज वस्याल र सह-सचिबद्वयमा लक्ष्मण भण्डारी क्षेत्री र ईस्वरी पाण्डे चयन भएका छन् । गाउँ कमिटीका अध्यक्ष ठग प्रसाद ज्ञवालीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य टिकाराम पाण्डे प्रमुख अतिथी रहेका थिए । कार्यक्रमको सञ्चालन पुर्व सत्यवती गाउँ कमिटीका सचिव गुणदेव कुँवरले गरेका थिए ।

त्यस्तै नेकपा एमाले मुसिकोटको अध्यक्षमा प्रकाश काफ्ले चयन भएका छन् । नेकपा एमालेको प्रथम महाधिवेशन अन्तर्गत मुसिकोट नगरकार्यसमितिको प्रथम अधिवेशनबाट अध्यक्षमा काफ्ले छानिएका हुन् ।

समितीको उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा गोपीकृष्ण खरेल, सह-सचिवद्वयमा बोमबहादुर छन्तेल र गंगा श्रेष्ठ चयन भएका हुन् । मंगलबार सम्पन्न नगरको प्रथम अधिवेशबाट ७५ सदस्यिय नगर समितीले सर्वसम्मत रुपमा चयन गरेको हो । नगर समितिमा नगर भित्रका ९ वटै वडा बाट ६-६ जना सदस्यहरु सहित पार्टीका हालका वडा समितिका अध्यक्षहरु नगर समितिमा पदेन सदस्य रहने गरी कार्यसमिति घोषणा गरिएको छ । बाँकी सदस्यहरु पार्टीमा गरेको योगदान, भूगोल लगायतलाइ आधारमानी मनोनीत गरिने एमाले मुसिकोटले जनाएको छ ।

यसैगरी नेकपा एमाले इस्माको प्रथम गाउँ अधिवेशन पनि सम्पन्न भएको छ । नेकपा एमाले इस्मा गाउँकमिटीको प्रथम अधिबेशनबाट राजेन्द्र बिक्रम कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । सर्वसम्मतीको प्रयास सफल नभएपछी निर्वाचन मार्फत कमिटीको चयन गरिएको थियो । एमाले इस्मा अधिबेशनमा जम्मा १५५ मत खसेको थियो जसमा कुँवरले सर्वाधिक ९३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका दाबेदारद्वय नारायण पैयानी र बिन बहादुर गौतमले जम्मा ४५ र १० मत प्राप्त गरेका थिए । उपाध्यक्षमा भने नारायण पराजुली सर्वसम्मत चयन भएका हुन् ।

कमिटीको सचिबमा गनु अधिकारीले ९३ मत प्राप्त गर्दै बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी नारायण कुँवरले जम्मा ५६ मत प्राप्त गरे । उपसचिवद्वयमा महिला तर्फ कल्पना पराजुली सर्वसम्मत चयन भएकी छन् भने पुरुष तर्फ दिपक पोख्रेललाई हराउँदै नबिन अर्याल निर्वाचित भएका छन् । नबिन अर्यालले १२४ मत लिएर उपसचिबमा निर्वाचित हुँदै गर्दा दिपक पोख्रेलले भने जम्मा २८ मत पाएका थिए ।

उता छत्रकोट गाउँपालिका गुल्मीकोे पनि यतिबेला प्रथम गाउँ अधिवेशनको अधिवेशनको बन्द सत्र चलिरहेको छ । अध्यक्षमा पिताम्बर पौडेल सर्वसम्मत चयन गराउने प्रयास भईरहेको स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D