gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका बिभिन्न स्थानहरुमा बम बिष्फोटको आवाज, जनताहरु त्रशित

सन्जु काउछा
गुल्मी, २१ बैशाख । गुल्मीका जिल्लाका बिभिन्न स्थानहरुमा बम बिष्फोटको आवाज सुनिएको छ । नेकपा माओवादी (बिप्लप समुह)ले आव्हान गरेको आमहड्तालको पुर्वसन्ध्यामा शुक्रबार राती बिष्फोटका आवाजहरु सुनिएको हो ।

जिल्लाको सदरमुकाम तम्घास स्थित खानीगाउँ आसपास, बलेटक्सारको साईन रेसुङ्गा बैंक नजिकै र रिडि बजार आसपासमा शुक्रबार बेलुका १० बजे तिर ठूलो आवाजमा बम विष्फोट भएको प्रमुख जिल्ला अधिकारी कोशल राज शर्माबाट जानकारी प्राप्त भएको पत्रकार हरी कुमार श्रेष्ठले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् । बिष्फोटको आवाज पस्चात स्थानीय जनता त्रसित भएको समेत प्रजिअ शर्मालाई उद्दत गर्दै श्रेष्ठले लेखेका छन् ।

त्यस्तै अर्का पत्रकार शिव सुबेदीले पनि फेसबुक मार्फत नै जिल्लाका केही स्थानहरुमा बिष्फोटको आवाज सुनिएको जानकारी गराए । यस बिषयमा थप जानकारी आउन भने बाँकी छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D