गुल्मीका बालकको उपचारको लागि ईजरायलमा रहेका पर्वतेहरुले सहयोग पठाए

गुल्मी । गुल्मीका एक बालकको उपचारका लागि पर्वत सेवा समाज इजरायलले आर्थिक सहयोग गरेको छ । त्यहाँबाट समाजकी संयोजक पर्वतकी दिपीका भुसालले नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी मार्फत गुल्मी ईस्मा गाउँपालिका ४ बर्षिय बालक उमेश कुमालको उपचारका लागि ४६ हजार रुपैयाँ सहयोग संकलन गरी पठाएकी हुन् ।

केहि दिन अघि पकाई राखेको दालमा घरको तलाबाट खसेका ती बालकका परिवाजरनले उपचार गर्ने खर्च नभए पछि तम्घास अस्पतालका स्वास्थ्यकर्मीहरुले आफै चन्दा उठाएर उपचार गरेका थिए ।

त्यहाँ सम्भव नभए पछि ति वालकलाई पाल्पाको मशिन अस्पतालमा भर्ना गरी उपचार गरिएको छ ।
नेता भण्डारीले नेपाल प्रेस युनियनको ७ औ जिल्ला अबिधेशनको अवसरमा उक्त रकम हस्तान्तरण गरी युनियनलाई बालकको अक्षय कोष स्थापना गर्न लगाएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ