Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीका फेरि कोरोना संक्रमण तिव्र, यि हुन् रेड जोनमा रहेका ६ पालिका - Gulminews

गुल्मीका फेरि कोरोना संक्रमण तिव्र, यि हुन् रेड जोनमा रहेका ६ पालिका

टोपलाल अर्याल
गुल्मी, २२ असोज । कोभिड–१९ को संक्रमणका कारण कैयौले ज्यान गुमाए । आर्थिक तथा समाजिक रुपमा ठुलो क्षति पुग्यो । अहिले पनि कोभिड–१९ संक्रमणले ज्यान जानेहरुको संख्या दैनिक थपिएको छ । तर, राजनैतिक चेत भएकाहरुनै अचेत छन् । यात्रा खुलेका छन् । राजनैतिक र साँस्कृति जात्रा रोकिएका छैनन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेहरुको संख्या कम हुँदै गएको छ । चोक, चौतारो र बसपार्कहरुमा माक्स प्रयोग शुन्य छ । सवारी साधनमा पनि यात्रु बिना माक्स चढ्छन् । न चढ्नेलाई मतलब न चढाउनेलाई । दलका तमासा तारे होटलदेखि गाउँसम्म बढेका छन् । तर, स्वास्थ्य कार्यालय गुल्मीका अनुसार पछिल्लो साता कोरोना संक्रमण बढ्दै गएको छ । बिहिबारसम्म जिल्लामा सक्रिय कोरोना संक्रमित ४ सय ५९ पुगेका छन् ।

गुल्मी अस्पताल र स्थानीय स्वास्थ्य संस्थाहरुमा भर्ना हुन थाले । समस्या जटिल भए बढिमा १० जना थेग्ने अस्पताल जिल्लामा छैनन् । दशै सवैको घर आगनमा आइपुग्यो । कसरी दशै मनाउने, के खाने, कहाँ जाने ? आम मान्छेका आशा र योजना छन् । दललाई कार्यकर्ता भेटघाट, सभा सम्मेलन र गुट रिझाउने चिन्ता छ । क्लव तथा संघ संस्थाले पनि विभिन्न खेल र सास्कृति मेला महोत्सवको मौका अहिलेनै छोपेका छन् । जनसंख्याको आधारमा धेरै गुल्मेलीले खोप पाएका छैैनन् । बिद्यालयमा बालबालिका बिरामी परेर बेहाल छन् । बालबालिकाको भविष्य की ज्यान ठुलो । अभिभावक उत्तर दिन सक्दैनन् । बिज्ञहरुले तेस्रो लहर बालबालिकाको लागि खतराजनक भनेकै छन् ।

भोली चिच्याएर, कराएर र हत्केलाले आँसु पुछेर पनि परिस्थती अनुकुन नहुने दिन आउनेछ । बिहिबार कोभिड–१९ व्यावस्थापन समितिको बैठक बस्यो । मुख्य छलफल दशै, मेला महोत्सव र कोभिड १९ संक्रमणको अवस्थाका बिषयमा केन्द्रित रह्यो । सवैले राय राखे । कोभिड संक्रमणको बिषयमा प्रहरी प्रशासन, स्वास्थ्य कार्यालय र अस्पतालबाट गम्भिर सुझाव आउँछ । केहि स्थानीय सरकार प्रमुख त्यसलाई मजाक पनि सम्झिए । सवैका आफ्नै ताल आफ्नै डम्फु । अवस्था प्रस्तुत गर्ने सरकारी निकाय र थप गम्भिर बनाउने नागरिक समाज र पत्रकारनै बरु निकम्मा जस्तै बने । मुख्य दलहरु पनि बोलेनन् । किन की राजनैतिक भेलाका कार्यतालिका बिग्रने स्थिती रह्यो । व्यावसायी बोल्दा व्यापार चौपट । पत्रकार बोले मुखाले । भोलीकै दिनबाट हेरौ परिस्थीति बुझेर दलहरुले आफुलाई सच्याउँछन् की नाई ? आफुलाई देखाएर नागरिक कन्भीन्स गर्न सकुन् ।

६ पालिकामा रेड जोनमा

संक्रमणको हिसाबले जिल्लाका ६ स्थानीय तह रेड जोनमा छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यका अनुसार रेसुंगा नगरपालिका, धुर्कोट, इस्मा, गुल्मीदरवार, छत्रकोट र रुरु क्षेत्र गाउँपालिका सवैभन्दा धेरै सक्रिय संक्रमित छन् । रेसुंगामा ४८, धुर्कोटमा ४९, रुरु क्षेत्रमा ९२, छत्रकोट ८१, इस्मा ७२, गुल्मी दरवारमा ३५ जना कोरोनाका संक्रिय संक्रमित रहेको आचार्यले जानकारी दिए । उनले कोभिड संक्रमणको अवस्था अझै धेरै भएपनि परिक्षण छैन् । पछिल्लो साता सत्यवति र चन्द्रकोट गाउँपालिकाले एन्टिजिन परिक्षण नै नगरेको बताए ।

कोभिड १९ व्यावस्थापन समितिका निर्णयहरु

कोभिड १९ व्यावस्थापन समितिले निशेधाज्ञाका पुर्वबत् निर्णयहरुलाई कायम गरेको छ । मन्दिरहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित पुजा गर्ने र भाकल दिने निर्णय गरेको छ । मन्दिरमा दर्शक उपस्थित गराउन पाइने छैन् । त्यो बाहेक सराँयसहित अरु कुनै पनि ठुला मेला महोत्सव, जात्रा, उत्सव, खेल र भेलाहरु नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । उनले जीवन रहे अर्को साल पनि मेला पर्व र उत्सवहरु हुने भएकाले कोभिड संक्रमणको स्थितीलाई हेरेर निर्णय गरिएको बताए । उनले निर्णय उल्ङघन गर्नेलाई रोग संक्रामक ऐन अनुसार कारबाही गरिने बताए । त्यस्तै सवारीधनीले यात्रुलाई अनिवार्य माक्सको प्रयोग गर्न लगाउने र माक्स बिना यात्रु राखेको भेटिएमा प्रहरीले तत्काल कारबाही गर्ने प्रहरी प्रमुख एसपी गोपालचन्द्र भटराईले जानकारी दिए । उनले यात्रु र सावरीधनी दुवै सजग र सचेत रहन आग्रह गरे । त्यस्तै संक्रमणको लक्षण् भएका व्यक्तिहरुलाई स्थानीय तहले एन्टिजिन परिक्षण गर्ने, समुदाय र परिवारमा कसैलाई लक्षण भए पालिकालाई खबर गर्न बैठकले आग्रह गरेको छ ।

रिर्पोटरको आग्रह

पक्कै समय अनुकुल छैन् । म पनि कोभिड संक्रमणको राम्रै अनुभव गरेको मान्छे हुँ । म त ठिकै छु, नी । ज्यान त जोगाएँ । परिवारमा कसैलाई केहि भएन् । एकचोटी सम्पति सकिएर पनि घर नफर्किएकाहरुको परिवारमा पुगौ न । छोराछोरीले दशै भन्लान की बाबा । बाबाले दशै भन्छन् की छोराछोरी । कोभिडले चुडेका अभिभावको सम्झनामा कहिल्यै मुस्कुराउन नसक्ने परिवारका सदस्य भएर मानसिकता बदलौ । स्वार्थ केन्द्रित निर्णयले नागरिक संक्रमित भए भने नेता ज्यू त हेलिकप्टर चढेर काठमाण्डौ पुग्नुहोला । तर, बिपन्न नागरिक मरे भने छिमेकीले समेत थाहा पाउँदैनन् ।

आम नागरिक आफैले पनि सोँच परिवर्तन गरौ । घरमै दशै मनाउँ । सकेसम्म भेला पनि छोडौ मेला पनि । मर्दा जन्म दिने बाआमाले त एक थोपा पानी राख्न पाएनन । जीवन संगीनीले कात्रो उघार्न सकिनन् । छोराले दागबत्ति दिन पाएनन् । सवै अनुकुलतामा बुई चढ्ने हुन् । सोच्ने बेलामा हो । जमना तर्कनेका छन् । केहिबेरलाई सिडियो कसैलाई दोषि देखाएर तर्केलान, जनप्रतिनिधीले पनि कसैलाई दोष देखाएर उम्केलान ।

प्रहरी, पत्रकार, सरोकारवाला एवं आम नागरिक पनि । जीवन सवैभन्दा अमुल्य कुरा हो । आफु बाँचे न परिवार, दशै, मेला महोत्सव हो । कसैलाई कारण देखाएर जिद्धि नगरौ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाऔ । नव दुर्गा भवानीसंग अरु फेरि मागौला अहिले संक्रमणलाई परास्त गर्ने आर्शिवाद मागौ । दशै घरमै सिमित गरौ । सवैलाई बिजयादशमीको शुभकामना !

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D