गुल्मीका पुर्व सिडिओलाइ दार्चुलामा स्वागत

अनिल खत्री
१८ कात्तिक, गुल्मी । गुल्मीमा सफल मानिएका पुर्व प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलाई कर्मचारी एवं सुरक्षा निकायका प्रमुखहरुले दार्चुलामा स्वागत गरेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार समाहल्न पुगेका पौडेललाई सुरक्षा नियकाय एबम् जिल्ला प्रशासन कार्यालय दार्चुलाका कर्मचारीहरुले स्वागत गरेका हुन् ।

स्वागत पश्चात प्रमुख जिल्ला अधिकारी पौडेलले दार्चुला वासी जनताको सेवामा सरल र नागरिकमैत्री सेवालाई प्रथामिकता दिएर काम गर्ने बताए । कार्यालयको सेवाप्रवाहलाई छिटो छरितो बनाउदै समग्र जिल्लाको शान्ति सुरक्षा लगायत सकरात्मक कार्यको निम्ति सबैसँग हातेमालो गरेर अगाडी बढ्ने बताए ।

जिल्ला प्रशासन कार्यायल गुल्मीबाट कात्तिक १ गतेको निर्णय अनुसार पौडेल दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए । गुल्मी जिल्लामा १६ महिनासम्म प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका पौडेलले जिल्लामा रहुन्जेल झण्डै २ दर्जन वढि नागरिकमैत्री कार्य गरेका थिए ।

गुल्मी जिल्लामा रहदा कुशलता पूर्वक जिम्मेवारी निभाएर नागरिकमैत्री काम गरेको भन्दै पौडेललाई जिल्लामै पहिलोपटक यतिधेरै संघ संस्था मिलेर सामुहिक बिधाई गरेका थिए । गैरसरकारी संस्था महासंघ गुल्मी र नागरिक समाज सहितका संस्थाहरुको नेतृत्वमा जिल्ला स्थित क्रियाशिल २३ वटा संस्थाले सामुहिक बिधाई गरेका थिए ।

क्रियाशिल संस्थाहरुले गरेको बिधाई कार्यक्रममा नागरिक समाजले अभूतपूर्व सम्मान पत्रले सम्मान गरेर बिधाई गरेका थियो । पौलेलले गुल्मी रहदा नागरिक सहायता कक्षा स्थापना, बिचौलीयाको अत्य, २४० प्रतिशत भाडा घटाउने काम कार्यालयमा डिजीटल वडापत्र, कार्यालयमा निशुल्क इन्टरनेट, निशुल्क अभिलेख पाउने, पठाउने व्यवस्था जस्ता लोकप्रिय कार्य हुन् ।

त्यस्तै कार्यालयमै सिसीटिभी, राहदानी फारममा एउटै मुल्य कायम, कार्यालयमै हुलाक टिकट, बिचल्ली वालवालिकाको उद्धार, सडक बालवालिकाको उद्धार, १५ मिनेटमै सेवा, गाउँमै सेवा, तम्घास बजारमै सिसीटिभी, मदिरा जन्य बस्ुत नियन्त्रणमा कढाई, शुसान कायम गर्न मुख्य जोड जस्ता लोकप्रिय कार्य थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ