gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीका पाँच स्थानीय तहमा भएन हिउँदे अधिवेशन

हुमाकान्त पोखरेल
गुल्मी, २३ माघ। स्थानीय सरकार संचालन ऐन २०७४ मा प्रत्येक बर्षको माघ १५ भित्र सबै स्थानीय तहहरुले हिउँदे अधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर गुल्मीका पाचँ स्थानीय तहले अहिलेसम्म पनि हिउँदे अधिवेसन गर्न सकेका छैनन् ।

जिल्लाको रुरुक्षेत्र, सत्यवती, इस्मा, कालिगण्डकी र गुल्मीदरबार गाउँपालिकाले अहिलेसम्म पनि हिउँदे अधिवेशन गर्न नसकेका हुन् । रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार माघ २५ गते हिउँदे अधिवेशन गर्ने तयारी छ । सत्यवती गाउँपालिकाले २४ गते हिउँदे अधिवेशनको लागि तयारी बैठक बस्ने जनाएको छ ।

हिउँदे अधिवेशनको लागि योजनाको छनोट, बाडँबाडँ तथा बजेट रकमान्तर गर्नुपर्ने हुन्छ । सत्यवतीमा पछिल्लो समय बल्ल योजनाले गति लिन थालेको तथा वडाको तयारी नपुगेको कारण अधिवेशन गर्न नसकिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । इस्मा गाउँपालिकाको अधिवेशन माघ २६ गते तोकिएको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । यसभन्दा पहिले बीचमा अधिवेशन गरेर गाउँपालिका केन्द्रको टुंगो लगाएको उनले बताइन । गुल्मीदरबार गाउँपालिकामा फागुनको दोस्रो हप्तासम्म हिउँदे अधिवेशन गर्नेगरी तयारी भइरहेको छ । माघभरिमा सम्पन्न हुने योजनाको निक्र्यौल गरिसकेपछि फागुनको दोस्रो हप्तासम्म हिउँदे अधिवेशन गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले बताए ।

कालिगण्डकी गाउँपालिकाले फागुनको पहिलो हप्ताभित्र अधिवेशन गर्ने तयारी गरेको छ । मुसिकोट नगरपालिकाले पनि तोकेभन्दा ६ दिन ढिला हिउँदे अधिवेशन गरेको छ । पछिल्लो समय नेकपामा देखिएको विभाजनको कारण नगरको अधिवेशन २१ गते बुधबार भएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D