gulminews logo
बुधबार, २०८१ बैशाख ५

गुल्मीका पहिरो पिडितहरुलाई साढे ७ लाख रुपैँया सहयोग, देश बिदेशबाट सहयोग संकलन

गुल्मी, पुष १८ । गुल्मीमा पहिरो पिडित घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच जिल्लाको रुरुक्षेत्र-४ चौताराका पहिराे पिडितहरुलाई सहयाेग रकम हस्तान्तरण गरिएकाे हो ।

चौतारामा गत असार २३ गते राति आएको अविरल बर्षाका कारण माथिबाट आएको पहिरोले १ दर्जन घर धुरीमा क्षति पुगेको थियो । त्यसको अर्को दिन त्यहाँका स्थानीय युवाहरुले अभियान सुरु गरेका थिए । अभियानबाट संकलन गरिएको साढे ७ लाख रुपैँया रकम एक कार्यक्रमका बिच पिडितलाई हस्तान्तरण गरिएको अभियान्ता रेशम खड्काले बताए।

रकम हस्तान्तरण कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य हरि ज्ञवाली, नेकपा एमाले गुल्मी जिल्ला सचिवालय सदस्य चक्रपाणी गौतम,रुरुक्षेत्र-४ वडा अध्यक्ष फर्सुराम ज्ञवाली, अभियान्ता एवं नेकमा माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, जनमोर्चाका नेता टेकबहादुर के.सी., युवा नेता नारायण पौडेल सहित गाउँपालिकाका जनप्रतिनिधिहरू, मुल्याङ्न समिती र अनुगमन समिती लगायतको राेहवरमा सहयाेग रकम हस्तान्तरण गरिएको थियो ।

अभियानमा स्वदेश तथा विदेशमा विभिन्न पेशामा आवद्द दाजुभाइ तथा दिदीबहिनी, विभिन्न समाजिक संघसंस्था,राजनीतिक दलका प्रतिनिध एवं सामाजसेवीहरुबाट ७ लाख ५० हजार ५ सय ८७ रुपैयाँ सहयोग प्राप्त भएकाे थियो । जसमा रुरुक्षेत्र ४ चौतारा घर भइ हाल अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका दिपक ज्ञवाली र उनको श्रीमती सिर्जना ज्ञवालीले मात्रै सबैभन्दा बढी ७० हजार रुपैँया सहयोग गरेका थिए भने अभियान्ता निरन्जन खड्काले पनि ५१ रुपैँया हजार सहयोग गरेका थिए । खड्का हाल युकेमा कार्यरत छन् ।

पहिरोबाट के कति क्षति भएको छ त्यसको आधारमा रकम उपलब्ध गराइएको अभियान्ता प्रज्वल खड्काले बताए। पहिरोबाट सबैभन्दा बढी स्थानीय गणेश खड्काको घर गोठ लगायत पशु चौपायामा क्षति पुगेको थियो। उनलाई नगर ३ लाख रुपैँया सहयोग गरिएको छ। त्यस्तै अर्का स्थानीय झविन्द्र खड्काको परिवारलाई पनि नगद २ लाख २८ हजार रुपैँया नगद सहयोग अभियानबाट उठेको रकमबाट सहयोग गरिएको छ।

त्यस्तै पहिरो पिडित घर परिवारका सदस्य सरस्वती खड्कालाई २० हजार रुपैँया प्रदान गरिएकोमा सुर्य बहादुर खड्का, दुर्गा ज्ञवाली र युवराज ज्ञवालीको परिवारलाई ४०/४० हजार रुपैँया हस्तान्तरण गरिएको छ।

यता रन बहादुर खड्का र छविलाल ज्ञवालीको परिवारलाई ३०/३० हजारको दरले रकम हस्तान्तरण गरिएको छ भने तिलक भुषालको परिवारलाई १० हजार प्रदान गरिएको छ । यता पहिरोले सामान्य क्षति पुर्याएको इश्वरी ज्ञवाली, लक्ष्मण खत्री, शान्ता बस्नेत र गिरबहादुर वि.कको परिवारलाई ३ हजार रुपैँया हस्तान्तरण गरिएको छ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले राजनीति भन्दा माथी उठेर यहाँका युवाले सराहनीय र काम गरेकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्य गर्न हौसला प्रदान गरे । कार्यक्रममा युवा नेता यदु ज्ञवाली, वडा न.४ का वडा अध्यक्ष फर्सुराम ज्ञवाली लगायतले मन्तव्य राखेका थिए । अभियान र सहयोग हस्तान्तरण कार्यक्रमक बारेमा अभियान्ता रेशम खड्काले बैंक स्टेटमेन्ट सहित प्रकाश पारेका थिए । उपलब्ध सहयोग रकमलाई शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको शाखा बलेटक्सार र प्रभु बैंकको शाखा रानिवासमा जम्मा गरिएको थियो ।

क्षतिग्रस्त परिवारका लागि स्थानिय प्रज्वल खड्का, रेशम खड्का, निरन्जन खड्का, नवीन पौडेल, केशव पौडेल लगाएतका युवाहरुकाे प्रयासमा सो रकम संकलन गरिएको थियाे । नविन पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन केशव पौडेलले गरेका थिए।

कस्ले कती पाए सहयोग ?

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D